हिमपात कारण ताप्लेजुङको जनजीवन कष्टकर « Khabarhub

हिमपात कारण ताप्लेजुङको जनजीवन कष्टकर


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङमा पछिल्लो केही दिनयता दिनहुँजसो हिमपात भइरहेको छ । माघ महिनाको दोस्रो सातायता प्रायः धुम्मिदो मौसमका कारण जिल्लाको उच्च भेगमा निरन्तर हिमपात हुँदै आएको छ।

निरन्तरको हिमपातले उच्च क्षेत्रको जनजीवन भने कष्टकर बन्दै गएको छ । हिमपात र मौसम नखुल्दा बालबालिका तथा वृद्धवृद्धा प्रभावित भइरहेको स्थानीयको दुखेसो छ । शुक्रबार बिहानैदेखि पनि उच्च भेगमा बाक्लो हिमपात भइरहेको छ । यहाँका हिमाली बस्तीहरू फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोला, याङ्मा, फक्ताङ्लुङकै वडा नंम्वर ६ लेलेपको घुन्सा, फले, ग्याब्लालगायतमा क्षेत्रमा हिमपात भइरहेको स्थानीयले बताएका छन् । घुन्साका कासाङ शेर्पाले लामो समयदेखि हिमपात जारी रहँदा जनजीवन कष्टकर बनेको बताएका छन् ।

गत पुस अन्तिम साता घुन्सालगायत हिमाली बस्ती तथा उच्च हिमाली क्षेत्रमा बाक्लो हिउँ परेको र त्यसबेला परेको हिउँ नै अहिलेसम्म पग्लिन नपाएको शेर्पाले बताए । उनले भने, ’लामो समयदेखि मौसम नखुलेको र हिउँ पर्ने क्रम जारी रहेकाले पुसकै हिउँ अहिलेसम्म जमिरहेको छ । त्यसमाथि दिनहुँजसो हिउँ थपिँदा घुन्सासहित फले, याङ्मा ओलाङ्चुङगोला, तोक्पेगोला, पाथीभरा फेदीबजार लगायतका बस्तीको जनजीवन कष्टकर बनिरहेको छ ।

तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पनि बाक्लो हिउँ परेको फेदी बजारका राजेन्द्र महतले जानकारी दिए । महतका अनुसार पाथीभरा धाम, फेदीबजार र तल्लो फेदी काफ्लेपाटी क्षेत्रसम्म हिमपात भइरहेको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १ : ४५ बजे

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री

शान्तिपूर्ण निर्वाचनमा प्रहरीको भूमिका प्रशंसनीय : महानिरीक्षक कार्की

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण,