यसकारण गुमनाम बने अभिनेता राज किरण « Khabarhub

यसकारण गुमनाम बने अभिनेता राज किरण


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(अमर उजाला)– फिल्म जगतको कथा आफैंमा अद्भुत छ । जहाँ उदाउँदो सूर्यलाई सबैले सलाम गर्छन् र अस्ताउँदो सूर्यलाई कोही हेर्न चाहँदैनन् । बलिउड अभिनेता राज किरणको जीवनमा यो भनाई मेल खान्छ ।

बलिउड फिल्म ‘बुलन्दी’, ‘कर्ज’, ‘घर हो तो ऐसा’, ‘तेरी मेहरनबानियाँ’लगायतका कैयौं सुपरहिट फिल्ममा अभिनय गरेका अभिनेता राज किरण वर्षौदेखि गुमनाम छन् । राज ८० को दशकका प्रायः हरेक फिल्मको हिस्सा हुन्थे । एक समय सूर्यको किरण जस्तै चम्किएको उनको जिन्दगीमा कहिलेबाट अध्यारोले छोयो भन्ने कसैलाई थाहा छैन ।

राज जबसम्म फिल्ममा थिए, उनलाई सबैले स्वागत गर्थे, तर जब उनले फिल्मबाट सम्बन्ध तोडे, त्यही बेला फिल्म उद्योगका मानिसले राजलाई आफ्नो जीवनबाट निकाले । राजलाई जुन समयमा आफ्नो परिवारको बढी आवश्यकता थियो, त्यो समयमा उनीसँग कोही थिएनन् । अर्थात उनको परिवारले नै उनलाई छोडिसकेका थिए ।

राजले आफ्नो करियरमा करिब सय बढी फिल्ममा काम गरे । उनले सहायक अभिनेतामात्र नभई केही फिल्ममा मुख्य अभिनेताका रुपमा नै काम गरे । उनी निकटका अनुसार उनी अहिले पागल भइसकेका छन् ।

उनको पुरा नाम राज किरण मेहतानी हो । भारतमा उनको फ्यानले उनलाई कैयौं वर्षदेखि वेपत्ताका रुपमा सम्झिएका छन्, किनकी उनको बारेमा धेरै जानकारी कोहीसँग छैन ।

राज किरणलाई आफ्नो करियरको उतारचढावको बेला डिप्रेसन भएको थियो । यही समयमा उनको परिवारले पनि उनलाई वास्ता गरेनन् । त्यही समयदेखि उनले आफ्नो मानसिक सन्तुलन गुमाए । वर्षौ अघि दीप्ति नवलले उनलाई अमेरिकामा ट्याक्सी चलाउँदै गरेको अवस्थामा भेटेका थिए । सन् २०११ मा ऋषि कपुरले राज किरण अमेरिकाको पागलखाना रहेको पत्ता लगाएका थिए ।

राजकिरणकी पत्नीले पनि पति कैयौं वर्षदेखि गुमनाम रहेकाले उनको खोजी भइरहेको बताएकी थिइन् । राज किरण पछिल्लोपटक शेखर सुमनको सिरियल ‘रिपोर्टर १९९४’मा देखिएका थिए ।

कतिपयले फिल्म नपाएको कारण उनी डिप्रेसनमा गएको बताइरहेका छन् भने कतिपयले उनको परिवारले राज किरणको सबै सम्पत्ति हडपेको दाबी गरिरहेका छन् । तर सत्य कुरा के हो अझै खुल्न सकेको छैन ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १ : ३१ बजे

सरकारले खोज तथा उद्धारमा कुनै कसर बाँकी राखेको छैन : मन्त्री तिमिल्सिना

नुवाकोट – सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले भोटेकोशी बाढी

हालान्ड चम्किँदा कोभेन्ट्रीमाथि सिटीको जित

काठमाडौं – इर्लिङ हालान्डको निर्णायक गोलमा म्यानचेस्टर सिटीले कोभेन्ट्री सिटीलाई

अँध्यारो सुरुङभित्रको ‘हेलो…हेलो…’ ले जगाएको आशा, दुई जनाको सकुशल उद्धार

नुवाकोट – भोटेकोशी बाढीपछि सम्पर्कविहीन भएका नागरिकको खोजी तथा उद्धारमा

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्