धनुष आकारको सहिद गेट निर्माणको काम अन्तिम चरणमा « Khabarhub

धनुष आकारको सहिद गेट निर्माणको काम अन्तिम चरणमा


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर–जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित अधिकांश योजना निर्धारित समयमै सम्पन्न हुन थालेका छन् ।

जनप्रतिनिधिको निरन्तरको निगरानी र कर्मचारीको सक्रियताका कारण जनकपुरधाम नगरपालिकाद्वारा सञ्चालित सडक, पुल र सहिद गेटलगायतका भौतिक पूर्वाधार निर्माण योजना समयमै सम्पन्न हुन थालेका हुन् ।

मुलुकका अधिकांश स्थानीय तहमा सञ्चालित योजना वर्षाैसम्म अलपत्र रहेको सूचना आइरहेका बेला जनकपुरधाम नगरपालिकाले नगरक्षेत्रको विभिन्न वडामा सञ्चालित योजना समयमै सम्पन्न हुन थालेपछि स्थानीयवासीले विकास भएको अनुभूतिसमेत गर्न थालेका छन् ।

जनकपुरधाम उपमहानगरपालिकाको योजनामध्ये महत्वपूर्ण योजना मानिएको धनुष आकारको सहिद गेट निर्माण कार्य अन्तिम चरण पुगेको छ । मधेस प्रदेशको जनकपुरधाम प्रवेशद्वार मुजेलियामा निर्माणाधीन सो मधेस सहिद गेटको करिब ९० प्रतिशत काम सम्पन्न भएको उपमहानगरपालिकाका वरिष्ठ इञ्जिनीयर वीरेन्द्रकुमार यादवले बताए ।

ढल्केवर–जनकपुर छ लेन सडकको मुजेलियामा निर्माणाधिन मधेस शहीद गेटमा रङ्ग लगाउने, भगवान् राम र सहिदको प्रतिमा स्थापनाको काम बाहेक सम्पूर्ण कार्य सकिएको उनले बताए । जनकपुरधाम उपमहानगरपालिकाको करिब रु चार करोडको लागतमा निर्माण भइरहेको सहिद गेट केही दिनभित्रै सम्पन्न हुने वरिष्ठ इञ्जिनीयर यादवको भनाइ छ । धार्मिक पर्यटकीय नगरीका रुपमा परिचिति मधेस प्रदेशको राजधानी जनकपुरधाममा आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धार्मिक, राजनीतिक र सांस्कृतिक पहिचान झल्किने गरी उपमहानगरपालिकाले धनुष आकारको सहिद गेट निर्माण गर्न लागेको छ ।

जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले कार्यपालिकाको पहिलो बैठकबाट मधेस आन्दोलनका सहिदको सम्मानमा नगरको प्रवेशद्वारमा धनुष आकारको सहिद गेट निर्माण गर्ने निर्णय गरेका थिए । त्यही निर्णयका आधारमा २०७७ असार २० गते नगरप्रमुख साहले सो सहिद गेटको शिलान्यास गरेका थिए । जनकपुरधाम उपमहानगरपालिकासँग सम्झौता गरी २०७७ असार २० गतेबाट काम सुरु गरेको निर्माण कम्पनीले २०७८ पुस मसान्तसम्ममा गेट निर्माण गरी हस्तान्तरण गर्नुपर्ने सम्झौता भएको थियो । त्यही सम्झौताअनुसार नै काम सम्पन्न गर्ने योजनाअनुरुप कामलाई तीव्रता दिएको निर्माण कम्पनी गौरी पार्वती स्याब जेभीका साइड इञ्जिनियर अमरकुमार साहले जानकारी दिए ।

ठेक्का अवधिभन्दा अगाडि नै गेटको निर्माण कार्य सम्पन्न गरी उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने गरी काम अघि बढाए पनि पनि कोभिड– १९ सङ्क्रमणका कारण केही ढिलाई भएको इन्जिनियर साहले बताए । ‘गेटको काम करिब करिब सकिएको छ’, उनले भने, ‘अब गेटको माथिल्लो भागमा १४ फिटको भगवान रामको प्रतिमा र तीनवटा पिलरमाथि शहीदहरुको प्रतिमा राख्न मात्र बाँकी छ ।’ त्यो पनि केही दिनभित्रै सम्पन्न गरिने उनको भनाइ छ ।

३१ फिट अग्लो द्वारको सबैभन्दा माथि धनुष लिएका भगवान् रामको प्रतिमा रहने छ भने तीनवटा पिलरमा सहिदहरुको प्रतिमा र सिंगो द्वार धनुष आकृतिको बनाइएको छ । सो गेटको दुबै किनारामा राखिने मधेस आन्दोलनमा सम्पूर्ण शहीदहरुको प्रतिमाहरु बनाउने काम तीव्र रुपमा भइरहेको र केही दिनभित्रै प्रतिमा स्थापना गरिसक्ने उनले बताए ।

जनकपुरधाम प्रबेश गर्ने मूल बाटोमा निर्माण भईरहेको धनुष आकारको गेटले नगरक्षेत्रको सौन्दर्य बढ्नुका साथै पर्यटन प्रबद्र्धनमा टेवा पुग्ने नगरप्रमुख साहको विश्वास छ । आफू निर्वाचित भएदेखि नै नगरको मुहार फेर्ने अभियानमा लागेकाले यति छोटो अबधिमै जनताले विकासको अनुभूति गर्न थालेको उनको भनाइ छ । ‘चार वर्षभित्र उपमहानगरपालिकामा धेरै परिवर्तन भएको छ’, नगरप्रमुख साहले भने, ‘४०÷५० किलोमीटर सडक बिस्तार, फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, मन्दिरसम्म जाने सहज र फराकिलो बाटो निर्माण, ग्रामिण क्षेत्रका वार्डहरुमा खुला नालामुक्त अभियान चलाएर ८० प्रतिशत क्षेत्रमा अन्डरग्राउण्ड नाला बनाएर पीसीसी ढलान गरेका छौ ।’

जनकपुरधामको मूल प्रवेशद्वार जलेश्वर भिठामोड, जटही, कदम चोक, धुनुषा पथ, कुर्था, कपलेश्वर मौआहा, सीता चौक, भ्रमपुरालगायत स्थानबाट प्रवेश गर्ने सडकमा निर्माण ठेकेदारसँगको समन्वयमा ठूलो गाडी सहज प्रवेश गर्न र निस्किन सकिने १६ मीटर चौडाको सडक बिस्तार गरिएको नगरप्रमुख साहको भनाइ छ ।

यी सडक बिस्तारको ठेक्का पाएको निर्माण व्यवसायीले करिब ८० प्रतिशत काम सम्पन्न गरिसकेको उपमहानगरपालिकाले जनाएको छ । केही बर्षअघि सम्म अतिक्रमित र जीर्ण रहेको जनकपुरधाम उपमहानगरपालिका क्षेत्रको अधिकांश सडक यतिबेला कालोपत्र भएका छन् । जसका कारण पछिल्लो समय जनकपुरधामको बजार क्षेत्रको स्वरुप समेत फेरिएको छ । अतिक्रमण र जीर्ण रहेका नगरक्षेत्रका अधिकांश मुख्य तथा सहायक सडकहरु यतिबेला स्तरोन्नतिसँगै कालोपत्र भएपछि यहाँको स्वरुप फेरिएको स्थानीयवासी बताउँछन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ४५ बजे

भृकुटीमण्डपमा गफिँदैछन् एमाले अध्यक्ष र महासचिवका उम्मेदवार

काठमाडौँ– नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतदान जारी

कुनैबेला कांग्रेस महासमिति सदस्य थिए ज्योति मगरको साथ पाएका पूर्ण गुरूङ

काठमाडौं– नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा चर्चित लोकदोहोरी गायिका

फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे

कास्की – गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले फेवाताल संरक्षणका सर्वोच्चको

एमालेका प्रतिनिधि १२ बजेसम्म मतदान केन्द्र प्रवेश गर्न पाउने

काठमाडौं- नेकपा एमाले) महाधिवेशनमा मतदान जारी छ । काठमाडौंको भृकुटीमण्डपमा

प्रवासबाट एमाले महाधिवेशनमा आएका प्रतिनिधि भन्छन् : अब पार्टी परिमार्जित भएर अघि बढ्नुपर्छ

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ४० वटा देशबाट प्रतिनिधिहरू आएका