ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड « Khabarhub

ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)–बलिउड अभिनेता सलमान खान र आयुष शर्मा एकसाथ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’मा देखिएका थिए । यो फिल्म गत वर्षको नोभेम्बर २६ मा थिएटरमा रिलिज भएको थियो ।

फिल्मले बक्सअफिसमा राम्रो प्रतिक्रिया पाए पनि कलेक्सन भने औषत थियो । थिएटरमा रिलिजको करिब एक महिना पछि डिसेम्बर २४ मा यसलाई ओटीटी प्लेटफर्म जी५मा स्ट्रिम गरियो । फिल्मले ओटीटी प्लेटर्फममा पनि उत्तिकै राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्मले ओटीटीमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्म जी५मा बिना रोकावट र बिना कुनै ग्याप लगातार ३७ करोड मिनेटसम्म स्ट्रिम भएको छ । यो आफैंमा एक दमदार रेकर्ड हो । पछिल्लो केही समययता ओटीटीमा रिलिज भएका फिल्मले यस्तो रेकर्ड बनाएका थिएनन् ।

अक्षय कुमार, सारा अली खान र धनुषको फिल्म ‘अतरंगी रे’ले पनि पहिलो दिन डिज्नी प्लस हटस्टारमा सबैभन्दा बढी स्ट्रिम हुने रेकर्ड बनाएको थियो । तर यो रिलिजको २४ घण्टाको रेकर्ड थियो ।

यसैगरी कार्तिक आर्यनको ‘धमाका’लाई नेटफ्लिक्स स्ट्रिम गरिएको थियो । दर्शकले यो फिल्मलाई निकै मनपराएका थिए । तर कसैले पनि सलमानको फिल्म जस्तो रेकर्ड कायम गर्न सकेनन् ।

फिल्म ‘अन्तिम’मा अभिनेता महेश माञ्जरेकरको निर्देशन छ । यो फिल्म सन् २०१८ मा रिलिज मराठी फिल्म ‘मुल्शी पेटर्न’को रिमेक हो । यसमा किसानको छोरालाई ग्याङस्टार बनेको देखाइएको छ । फिल्ममा सलमानले इमानदार प्रहरी र आयुषले ग्याङस्टारको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ४२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित