ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड | Khabarhub Khabarhub

ओटीटीमा ‘अन्तिमः द फाइनल ट्रुथ’को रेकर्ड


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)–बलिउड अभिनेता सलमान खान र आयुष शर्मा एकसाथ फिल्म ‘अन्तिमः द फाइनल ट्रुथ’मा देखिएका थिए । यो फिल्म गत वर्षको नोभेम्बर २६ मा थिएटरमा रिलिज भएको थियो ।

फिल्मले बक्सअफिसमा राम्रो प्रतिक्रिया पाए पनि कलेक्सन भने औषत थियो । थिएटरमा रिलिजको करिब एक महिना पछि डिसेम्बर २४ मा यसलाई ओटीटी प्लेटफर्म जी५मा स्ट्रिम गरियो । फिल्मले ओटीटी प्लेटर्फममा पनि उत्तिकै राम्रो प्रतिक्रिया पाएको छ ।

फिल्मले ओटीटीमा नयाँ रेकर्ड बनाएको छ । यो फिल्म जी५मा बिना रोकावट र बिना कुनै ग्याप लगातार ३७ करोड मिनेटसम्म स्ट्रिम भएको छ । यो आफैंमा एक दमदार रेकर्ड हो । पछिल्लो केही समययता ओटीटीमा रिलिज भएका फिल्मले यस्तो रेकर्ड बनाएका थिएनन् ।

अक्षय कुमार, सारा अली खान र धनुषको फिल्म ‘अतरंगी रे’ले पनि पहिलो दिन डिज्नी प्लस हटस्टारमा सबैभन्दा बढी स्ट्रिम हुने रेकर्ड बनाएको थियो । तर यो रिलिजको २४ घण्टाको रेकर्ड थियो ।

यसैगरी कार्तिक आर्यनको ‘धमाका’लाई नेटफ्लिक्स स्ट्रिम गरिएको थियो । दर्शकले यो फिल्मलाई निकै मनपराएका थिए । तर कसैले पनि सलमानको फिल्म जस्तो रेकर्ड कायम गर्न सकेनन् ।

फिल्म ‘अन्तिम’मा अभिनेता महेश माञ्जरेकरको निर्देशन छ । यो फिल्म सन् २०१८ मा रिलिज मराठी फिल्म ‘मुल्शी पेटर्न’को रिमेक हो । यसमा किसानको छोरालाई ग्याङस्टार बनेको देखाइएको छ । फिल्ममा सलमानले इमानदार प्रहरी र आयुषले ग्याङस्टारको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  २ : ४२ बजे

बागमती प्रदेशसभामा विनियोजित बजेटको सिद्धान्त र प्राथमिकतामाथि छलफल

मकवानपुर– बागमती प्रदेशसभाको आजको बैठकमा आर्थिक वर्ष २०८०/८१ का लागि

कार्यदलमा जुटेन सहमति, एमालेको आरोप : कांग्रेसले हलो अड्काएर गोरू कुट्ने दाउ गर्‍यो

काठमाडौं – सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय छानबिन समिति

माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

लमजुङ– लमजुङमा करेन्ट लगाएर माछा मार्ने क्रममा एक युवाको मृत्यु

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि, सवा पाँच अर्ब बराबरको कारोबार

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उच्च अंकको वृद्धि देखिएको

हावाहुरीसँगै परेको चट्याङले एकको मृत्यु, करोडौंको क्षति

उदयपुर– आज बिहानको हावाहुरीले त्रियुगा नगरपालिकासहितका क्षेत्रमा करोडौँको क्षति भएको