हिमपातले मनाङको खोप अभियान प्रभावित | Khabarhub Khabarhub

हिमपातले मनाङको खोप अभियान प्रभावित


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मनाङ–पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भई शुक्रबारदेखि वर्षा र हिमपात भएपछि देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

हिमाली जिल्ला मनाङमा पनि भारी मात्रामा हिमपात भएको छ । हिमपातका कारण मनाङमा सुरु भएको खोप अभियान प्रभावित भएको स्वास्थ्य कार्यालय मनाङका प्रमुख बद्री आचार्यले जानकारी दिए । उनका अनुसार माथिल्लो मनाङ र नार्पाभूमि गाउँपालिकामा खोप अभियान चलिरहेकै अवस्थामा हिमपातले प्रभाव पारेको हो । घरबाट बाहिर निस्कन सक्ने अवस्था नभएपछि खोप अभियान स्थगित गरिएको उनले बताए । ‘मौसम अनुकूल भएपछि खोप अभियान सुचारु गर्नेछौँ,’ आचार्यले भने ।

पहाडी क्षेत्रमा वर्षा भएसँगै हिमाली जिल्लामा हिमपात भइरहेको छ । हिमपातका कारण घरबाट बाहिर निस्कने अवस्था नहुँदा यस जिल्लाको जनजीवन पनि कष्टकर भएको छ । यहाँ पछिल्लो पटक भएको हिमपात भारी मात्रामा रहेकाले अन्य कार्यक्रमहरु पनि प्रभावित रहेको र खोप कार्यक्रम सञ्चालन गर्न नसकिएको आचार्यले बताए ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले भारी मात्रामा हिमपात भएकाले जिल्लावासी तथा पर्यटकलाई घरबाट बाहिर ननिस्कन आग्रह गरिएको बताए । उनका अनुसार कोभिड–१९ को तेस्रो भेरियन्ट ओमिक्रोन सङ्क्रमणको जोखिमका कारण जिल्लामा पर्यटक न्यून भए पनि सचेत रहन आग्रह गरिएको छ ।

हिमपातका कारण अन्नपूर्ण पदमार्गमार्फत मनाङ भित्रिने पर्यटकलाई सचेत हुन आग्रह गरिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख लेखनाथ गौतमले बताए । पर्यटकहरुलाई जहाँ पुग्नुभएको छ त्यहीँ सुरक्षित तवरबाट बस्न अनुरोध गरिएको उनले बताए । उनका अनुसार पर्यटकहरु हिउँमा बाहिर निस्ँिकदा चिसोका कारण बिरामी पर्नसक्ने भएकाले सचेत रहन आग्रह गरिएको हो ।

उता हिमपातका कारण यहाँका किसान भने खुसी भएका छन् । यहाँको स्थानीय उत्पादन बढ्ने भएकाले किसान खुसी भएका हुन् । मनाङको प्रवेशद्वारा ताल गाउँसम्म भारी हिमपात भएको र यहाँ धेरै चिसो बढेको बताइएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १२ : ३० बजे

पूर्वमन्त्री एवम् पूर्वनगरप्रमुख बुद्धिराज बज्राचार्यको निधन

ललितपुर – पूर्वमन्त्री एवम् तत्कालीन ललितपुर नगरपालिकाका प्रमुख बुद्धिराज बज्राचार्यको

एनपीएलका लागि कर्णाली याक्स र हिल्टन होटलबीच सहकार्य

काठमाडौं – आगामी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो

चिनियाँ जासुसी युद्धपोत फिलिपिन्सको नियन्त्रणमा

काठमाडौं– फिलिपिन्सले चिनियाँ जासुसी युद्धपोतलाई नियन्त्रणमा लिएको छ । फिलिपिन्सको

सिरहा कारागारमा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

सिरहा – सिरहा कारागार सिरहामा क्षमताभन्दा तीन गुणा बढी कैदीबन्दी

एमाले पोलिटब्यूरो बैठक: विधान संशोधन प्रस्ताव पारित

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्यूरो बैठकले विधान संशोधन