हिउँ पन्छाएपछि हवाई सेवा सुचारु (फोटोफिचर) « Khabarhub

हिउँ पन्छाएपछि हवाई सेवा सुचारु (फोटोफिचर)


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– जुम्ला विमानस्थलको धावनमार्गमा जमेको हिउँ पन्छाएपछि हवाई सेवा सुचारु भएको छ । बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी चन्दननाथ नगरपालिका, सडक डिभिजन कार्यालयलगायतको टोलीले धावनमार्गको हिउँ पन्छाएको छ । हिउँ पन्छाएसँग दुई वटा हवाइजहाजले उडान भरेका छन् ।

धावनमार्गमा हिउँ हटाएपछि आजैदेखि हवाई सेवा सुचारु भएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईंले बताइन् । उनले भनिन्, ‘धावनमार्गमा झण्डै एक फिट हिउँ जमेको थियो ।’

हिउँ पन्छ्याउनका लागि नेपाली सेना नन्दबक्स गणका गणपति रविन थापा, सशस्त्र प्रहरी बलका एसपी चित्राङगत दाहाल, नेपाल प्रहरीका डिएसपी नरेन्द्र चन्द, राष्ट्रिय प्रहरी अनुसन्धानका डिएसपी राजकुमार न्यौपानेले टोली लिएर बिहानै धावनमार्गमा पुगेका थिए ।

यसअघिका वर्षमा हिउँ परे पनि यो वर्ष विमानस्थलमा सबैभन्दा बाक्लो हिउँ जमेको थियो । यसअघिका वर्षमा एकै दिनमा हिउँ बिलाएर धावनमार्ग सुक्ने गरेकोमा यस वर्ष ठूलो जनशक्तिले हिउ पन्छ्याउनु परेको बताइएको छ । बाक्लो हिमपातका कारण तीन दिनदेखि हवाई उडान प्रभावित बनेको थियो ।

जुम्लामा लामो समयपछि ठूलो हिमपात भएको चन्दननाथ नगरपालिकाकी मेयर कान्तिका सेजुवालले बताइन् । हिउँ पन्छाउन नगरपालिकाले डोजर, जिप र ट्याक्टर लिएको थियो ।

नेपाली सेनाले ट्रक, भ्यान, सशस्त्र प्रहरीले भ्यान र जिल्ला प्रशासन कार्यालयको गाडी लिइएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ६ : २८ बजे

मापदण्ड बमोजिम निर्वाचन प्रचारप्रसार गर्न गराउन आयोगको अनुरोध

काठमाडाैं – निर्वाचन आयोगले तोकिए बमोजिमको मापदण्डबमोजिम दलको झन्डा र

धनगढीभित्रको सडक क्षेत्राधिकार आठ मिटर कायम

सुदूरपश्चिम- धनगढी उपमहानगरपालिकाले सडक क्षेत्राधिकार १० मिटरबाट घटाएर पुनः आठ

भारतको खराब सुरुवात, पावर प्लेमा नै गुमायो तीन विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ चरणको खेलमा

मतदान अधिकृत तथा सहायक मतदान अधिकृतका लागि तालिम सुरु

जनकपुरधाम – यही फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा

कीर्तिपूरका पूर्व मेयर रमेश मर्हजन एमाले छाडेर नेकपामा प्रवेश

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी कीर्तिपूर नगरपालिकाका