विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु « Khabarhub

विभिन्न जिल्लामा भएका दुर्घटनामा १६ को मृत्यु


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  मुलुकका विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा आज १६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रहरीका अनुसार प्युठान, सुनसरी, सिरहा, रुपन्देही, स्याङ्जा र धादिङमा भएका छुट्टाछुट्टै दुर्घटनामा उनीहरूको ज्यान गएको हो । प्युठानको गौमुखी गाउँपालिका–६ ओखरपाटा भन्ने स्थानमा विवाहको दुलही लिएर फर्कँदै गरेको ग १ ज ५०९२ नम्बरको जिप सडकबाट १५० मिटर तल खसेर आज बिहान भएको दुर्घटनामा ८ जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार ६ जनाको घटनास्थल मै र २ जनाको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनाका पाँच घाइते भएकामध्ये २ जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको र र तीनजनालाई थप उपचारको लागि बुटबल पठाइएको छ ।

यता सुनसरीको भोक्राहा नरसिहं गाउँपालिका–३ खुनिया पुलस्थित सडकमा ना ८ ख ८४९३ नम्बरको बस र ना २ ख २९९६ नम्बरको ट्रक गएराति एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । उक्त दुर्घटनापश्चात आगलागी भएको र त्यसमा परेर उनीहरूको मुत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका २७ जनाको सुनसरी र विराटनगरको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै सिरहा, गोलबजार नगरपालिका–४ स्थित सडकमा ना १ ज ५९१२ नम्बरको गाडीको ठक्करबाट मिर्चैया नगरपालिका–६ बस्ने ४५ वर्षीय ब्रह्मदेव ठाकुरको मृत्यु भएको छ । रुपन्देही, तिलोत्तमा नगरपालिका–९ स्थित सडकमा लु ३७ प ६३५१ नम्बरको स्कुटर आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा स्कुटर चालक सोही नगरपालिका–१५ कोटिहवा बस्ने २४ वर्षीय सुशान्त बस्यालको मृत्यु भएको छ ।

स्याङजा, विरुवा गाउँपालिका–३ धोवादीस्थित भित्री सडकमा ग १ ज ५९३९ नम्बरको जिप सडकदेखि अन्दाजी ५०० मिटर तल खसेर आज दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाइएको छ । धादिङको धुनिवेशी नगरपालिका–१ बन्चरेस्थित सडकमा प्र३–०१–००३ क ७२५५ नम्बरको जेसिबी आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी ४० मिटर तल खोल्सामा खसेर भएको दुर्घटनामा पहिचान नखुलेका एक व्यक्तिको मृत्यु भएको छ ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ८ : ४३ बजे

फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को हिरोमा प्रजल

काठमाडौं – बलिराम चौहानको निर्देशनमा बन्ने फिल्म ‘ल्याङ्ग ल्याङ्ग’को शीर्ष

ट्रयाक्टरको ठक्करबाट युवतीको मृत्यु

सर्लाही– सर्लाहीको मलङ्गवामा भएको सवारी दुर्घटनामा एक युवतीको मृत्यु भएको छ

हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई

काठमाडौं– यस वर्षको हेमबहादुर मल्ल सम्मान रामेश्वर प्रसाद खनाललाई प्रदान

बलिउड सुपरस्टारको शानको काठमाडौं योजना : पशुपति जाने, मःमः खाने

काठमाडौं – भारतीय सुपरस्टार गायक शान्तनु मुखरजी (शान) काठमाडौं आएर

‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’माथिको प्रस्ताव सर्वसम्मतिले स्वीकृत

काठमाडौं– राष्ट्रियसभाले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपाल विशेष सेवा ऐन, २०४२