हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक (फोटो फिचर) « Khabarhub

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक (फोटो फिचर)


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् ।

हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए । ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड चढेको बताए ।

‘तराईमा हिउँ पर्दैन,’ उनले भने, ‘त्यसैले हिउँ खेल्न पहाड चढेका हौं, यहाँको दृश्य निकै सुन्दर छ ।’ हिमपातको दृश्य अवलोकन गर्दै कैलालीसँग सिमाना जोडिएको डोटीको गैरासम्म जानुपर्छ । भीमदत्त राजमार्ग हुँदै कैलालीबाट गैरासम्म पुग्न निजी सवारीमा दुई घण्टा लाग्नेगर्छ ।

हिउँको दृश्य अवलोकन गर्न र हिउँसँग खेल्न चिसोको प्रवाह नगरी कैलाली कञ्चनपुरका हजारौं मानिस गैरासम्म पुगेका छन् ।

तराईबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । हिउँमा खेल्न आएका मानिसहरूले केहीनकेही खानेकुरा किनेर खाने गर्छन्,’ गैराका स्थानीय व्यवसायी प्रेम बोहराले भने, ‘जसका कारण यहाँको व्यापार बढेको छ ।’ हिउँ खेलेपछि मानिस खाजाका लागि प्राय: होटेलमा छिर्ने गरेको भन्दै उनले हिमपातका कारण स्थानीय होटेल व्यवसायीलाई बढी फाइदा भएको बताए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ०४ बजे

दुनाटपरी उद्योगले खोल्यो तानसेनका महिलालाई आम्दानीको बाटो

पाल्पा– वनमा खेर जाने सालका पात उपयोग गरेर तानसेन नगरपालिका–२

सप्तकोशीमा डुबेर बेपत्ता युवक मृत भेटिए

सुनसरी– सप्तकोशी नदीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका सुनसरीको बराहक्षेत्रका

एआईबाट अनुहार र आवाज दुरुपयोगको डर, न्याय माग्दै अदालत पुगिन् कृति सेनन

काठमाडौं – बलिउड अभिनेत्री कृति सेननले आफ्नो नाम, अनुहार, आवाज

भारतीय फिल्म ‘उड्ता तीर’को नेपालमा प्रदर्शनमा रोक

काठमाडौं – सूचना तथा सञ्चार मन्त्रालयले भारतीय चलचित्र ‘उड्ता तीर’लाई 

बसको ठक्करबाट एक जनाको मृत्यु, दुई घाइते

जनकपुरधाम– धनुषाको धनुषाधाम–सबैला भित्री सडकखण्ड अन्तर्गत सबैला नगरपालिका ५ मखनाहामा