हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक (फोटो फिचर) « Khabarhub

हिउँ खेल्न पहाड चढे आन्तरिक पर्यटक (फोटो फिचर)


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी– सुदूरपश्चिमका पहाडी क्षेत्र आन्तरिक पर्यटकले भरिएका छन् । बिहीबारदेखि भएको हिमपातपछि तराईबाट हिउँमा खेल्न पहाड जाने पर्यटक बढेका हुन् ।

हिउँको दृश्य अवलोकन गर्न पहाड चढेको धनगढीका समीर भण्डारीले बताए । ‘मैले अहिलेसम्म हिउँमा खेल्न पाएको थिएन,’ उनले भने, ‘यसवर्ष हिउँ खेल्न पहाड चढेको हुँ ।’ कञ्चनपुरको कृष्णपुर नगरपालिका-३ का योगेन्द्र जोशीले पनि हिउँ खेल्न साथीसँग पहाड चढेको बताए ।

‘तराईमा हिउँ पर्दैन,’ उनले भने, ‘त्यसैले हिउँ खेल्न पहाड चढेका हौं, यहाँको दृश्य निकै सुन्दर छ ।’ हिमपातको दृश्य अवलोकन गर्दै कैलालीसँग सिमाना जोडिएको डोटीको गैरासम्म जानुपर्छ । भीमदत्त राजमार्ग हुँदै कैलालीबाट गैरासम्म पुग्न निजी सवारीमा दुई घण्टा लाग्नेगर्छ ।

हिउँको दृश्य अवलोकन गर्न र हिउँसँग खेल्न चिसोको प्रवाह नगरी कैलाली कञ्चनपुरका हजारौं मानिस गैरासम्म पुगेका छन् ।

तराईबाट हिउँ खेल्न मानिस पहाड चढ्दा त्यहाँका व्यवसायीको व्यापार पनि बढेको छ । हिउँमा खेल्न आएका मानिसहरूले केहीनकेही खानेकुरा किनेर खाने गर्छन्,’ गैराका स्थानीय व्यवसायी प्रेम बोहराले भने, ‘जसका कारण यहाँको व्यापार बढेको छ ।’ हिउँ खेलेपछि मानिस खाजाका लागि प्राय: होटेलमा छिर्ने गरेको भन्दै उनले हिमपातका कारण स्थानीय होटेल व्यवसायीलाई बढी फाइदा भएको बताए ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  १० : ०४ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक