मधेसमा हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई एक–एक लाख राहत « Khabarhub

मधेसमा हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई एक–एक लाख राहत


२२ माघ २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेस सरकारले हावाहुरीबाट धनुषा र रौतहटमा मृत्यु भएकाको परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ ।

शनिबार आन्तरिक मामिला तथा सञ्चारमन्त्री भरतप्रसाद साहले हावाहुरीबाट ज्यान गुमाएका तीन जनाका परिवारलाई एक–एक लाख रुपैयाँ राहत दिने निर्णय प्रदेश सरकारले गरेको जानकारी दिएका हुन् ।

शुक्रबार अत्यधिक हावाहुरीका कारण रुख ढल्दा धनुषामा दुई जना र रौतहटमा घर ढल्दा एक जनाको मृत्यु भएको थियो ।

सबैला नगरपालिका–१२ स्थित फकिरचन्द्र माध्यमिक विद्यालयमा रहेको मसलाको रुख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीय अरविन्द सदाको मृत्यु भएको थियो । त्यस्तै, रौतहटको बौधीमाई–१ स्थित इँटाको घर ढल्दा ४५ वर्षीया फुलमतिया देवीको मृत्यु भएको थियो ।

प्रकाशित मिति : २२ माघ २०७८, शनिबार  ११ : ०४ बजे

प्रतिनिधि सभा निर्वाचनका लागि नेपाललाई बंगलादेशी प्रधानमन्त्रीको बधाई

काठमाडौं– बंगलादेशका प्रधानमन्त्री ताहरिक रहमानले नेपालमा फागुन २१ गतेसम्पन्न प्रतिनिधिसभा

समानुपातिकमा रास्वपालाई ऐतिहासिक मत, अन्य दलको कति ? (अपडेट)

काठमाडौं – निर्वाचन आयोग नेपाल ले सार्वजनिक गरेको पछिल्लो विवरण

संखुवासभामा एमालेका अर्जुन कार्की विजयी

काठमाडौं – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन

अमेरिकी डेमोक्रेटिक सांसद्द्वारा इरानी विद्यालयमा भएको विस्फोटको निष्पक्ष छानबिन गर्न माग

वासिङ्टन – अमेरिकी डेमोक्रेटिक सांसदहरूले सोमबार अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई

मोदीसँग रविले राखे प्राथमिकताका चार विषय, ‘विकास कूटनीति’लाई अघि बढाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री