नेपालमा लामो समयदेखि विकास र समृद्धिको बहस चलिरहेको छ। नेताहरुको भाषणमा देखिने समृद्धि व्यवहारमा लागू हुन सकेको छैन।सात दशकअघिसम्म नेपालभन्दा गरिब रहेको दक्षिण कोरियाको विकास नेपालका लागि राम्रो उदाहरण हुनसक्छ।
नेपालमा विकास र समृद्धिको कुरा गर्दा उदाहरण दिइने एक मुलुक हो, दक्षिण कोरिया। नेपालीको मुखबाट अझै पनि ‘कुनै समय नेपालले दक्षिण कोरियालाई सहयोग गरेको थियो’ भन्ने भनाइ सुन्न पाइन्छ। त्यो भनाइ कति सत्य छ, त्यो आफ्नो ठाउँमा छ तर, अहिलेको वास्तविकता भने नेपालबाट हरेक वर्ष सयौँ नेपाली रोजगारीका लागि दक्षिण कोरिया जान्छन्, त्यो पनि कोरियाली भाषा सिकेर।
दक्षिण कोरियालाई एसियाका ‘चार आर्थिक बाघ’ अर्थात् ‘इकोनोमिक टाइगर्स’मध्ये एक मानिन्छ। अरु तीन चाहिँ ताइवान, हङ्कङ र सिङ्गापुर हुन्।
नेपालमा विकास र समृद्धिको कुरा गर्दा उदाहरण दिइने एक मुलुक हो, दक्षिण कोरिया। नेपालीको मुखबाट अझै पनि ‘कुनै समय नेपालले दक्षिण कोरियालाई सहयोग गरेको थियो’ भन्ने भनाइ सुन्न पाइन्छ।
हुनपनि त्यति लामो इतिहास छैन, कोरियाले प्राप्त गरेको समृद्धिको। सन् ६० को दशकको मध्यदेखि ७० को दशकको सुरुसम्म, त्यो भनेको वि.स. २०२० को दशकसम्म पनि दक्षिण कोरियाको आर्थिक-सामाजिक अवस्था नेपालको भन्दा दयनीय थियो। अहिले नेपाल र दक्षिण कोरियाको अर्थतन्त्र तुलना गर्न लायक पनि छैन। दुई देशबीचको अर्थतन्त्रमा आकाश जमिनको फरक छ।
कोरियाको इतिहास
सन् १९१० मा जापानले कोरियालाई आफ्नो अधिनमा लियो। त्यसपछि त्यहाँ सीमित मात्रामा जापानी औद्योगिक प्रविधि तथा पूर्वाधारको विकास भयो।
दोश्रो विश्वयुद्धको क्रममा आफ्नो युद्ध क्षमताका लागि जापानले कोरियाबाट बृहतस्तरमा श्रोत साधनको दोहन गर्यो। दोश्रो विश्वयुद्धमा जापानको पराजयपछि सोभियत संघ र अमेरिकाको प्रभावक्षेत्रमा दुई टुक्रामा विभाजित कोरियाको आर्थिक विकास उल्लेखनीय भने थिएन।
दोश्रो विश्वयुद्धको घाउ निको नहुँदै सन् १९५० को दशकको सुरुमा कोरियाली युद्ध भयो। कोरियाली युद्धपछि दक्षिण कोरियामा भएको सीमित अर्थतन्त्र पनि तहस नहस भयो।
त्यसबेला दक्षिण कोरियामा स्याङम्यान रिको नेतृत्वमा सरकार थियो। स्याङम्यान रिको पालामा कोरियाली प्रायःद्विपमा राजनीतिक तथा कूटनीतिक खिचातानीले दक्षिण कोरियाको अर्थतन्त्रमा नराम्रो प्रभाव पर्न गयो।
दोश्रो विश्वयुद्धको क्रममा आफ्नो युद्ध क्षमताका लागि जापानले कोरियाबाट बृहतस्तरमा श्रोत साधनको दोहन गर्यो। दोश्रो विश्वयुद्धमा जापानको पराजयपछि सोभियत संघ र अमेरिकाको प्रभावक्षेत्रमा दुई टुक्रामा विभाजित कोरियाको आर्थिक विकास उल्लेखनीय थिएन।
सन् १९६० को अन्त्यसम्म दक्षिण कोरियाको आर्थिक तथा सामाजिक अवस्था ल्याटिन अमेरिका, सब सहारन अफ्रिका तथा एशियाका गरिब मुलुकको स्तरमा थियो। त्यसबेला दक्षिण कोरियाको अवस्था नेपालको भन्दा पनि दयनीय थियो।
सैनिक शासक पार्क चुङ-हीले तत्कालीन अवस्थाको कृषि तथा सामन्तवादी शैलीको अर्थतन्त्रलाई व्यापक औद्योगिक अर्थतन्त्रमा विस्तार गरे। दक्षिण कोरियामा तत्कालीन अवस्थाको सस्तो श्रमलाई पुँजीकृत गरी उनले विदेशी लगानीसमेत भित्र्याउन सफल भए।
अमेरिकाको समर्थनमा रहेको स्याङम्यान रिको शासन दक्षिणपन्थी तानाशाही शैलीको थियो। उनले कोरियाको आर्थिक विकास गर्ने तर्फभन्दा पनि आफ्नो ध्यान वामपन्थी तथा कम्युनिष्ट विपक्षीको दमन गरेर आफ्नो सत्ता मजबुत बनाउनतर्फ थियो। उनको शासनविरुद्ध व्यापाक जनप्रदर्शन बढेसँगै उनले सन् १९६० मा राजीनामा दिए।
त्यसपछि उनको स्थानमा युन पोशुनको नेतृत्वमा दक्षिण कोरियामा सरकार बन्यो। उनको सरकार केबल १ वर्षमात्र टिक्यो। सन् १९६१ को मे १६ मा भएको ‘सैनिक कु’पछि दक्षिण कोरियाको अर्थतन्त्रले अपत्यारिलो फड्को मार्यो।
यसका लागि तत्कालीन सैनिक सरकारले असीम अधिकार दिएर ‘आर्थिक योजना बोर्ड’ को गठन गर्यो। आर्थिक योजना बनाउने, आर्थिक सुधार गर्ने र वैदेशिक लगानी भित्र्याउने उद्देश्यका साथ गठन गरिएको यो बोर्डले पाँच वर्षे योजना अघि सार्यो।
यसलाई कोरियाली आर्थिक विकासको आधारशीला मानिन्छ। सैनिक शासक पार्क चुङ-हीले तत्कालीन अवस्थाको कृषि तथा सामन्तवादी शैलीको अर्थतन्त्रलाई व्यापक औद्योगिक अर्थतन्त्रमा विस्तार गरे। दक्षिण कोरियामा तत्कालीन अवस्थाको सस्तो श्रमलाई पुँजीकृत गरी उनले विदेशी लगानीसमेत भित्र्याउन सफल भए।
उनले ट्रेड युनियन र मजदुर आन्दोलनलाई निरुत्साहित गरे। त्यसबाहेक पार्कले केन्द्रिकृत योजनामा आधारित मुलुकको आर्थिक अवस्थालाई विकेन्द्रिकृत गरे भने आर्थिक उदारीकरणलाई पनि प्रोत्साहन गरे। उनले आफ्नो शासनकालमा साना तथा मझौला उद्योगमैत्री वातावरणसमेत बनाए।
सन् १९६२ देखि आर्थिक योजना बोर्डले अघि सारेको पञ्चवर्षीय आर्थिक योजनालाई व्यवहारिक रुप दिन थालियो। तर, समस्या पुँजीमा थियो। त्यसबेलासम्म पनि दक्षिण कोरियाको महत्वपूर्ण आर्थिक श्रोत वैदेशिक सहयोग नै थियो। खुला बजार अर्थतन्त्रमा विश्वास गर्ने दक्षिण कोरियाको सबैभन्दा ठूलो दातृराष्ट्र अमेरिकालाई पनि समाजवादी शैलीको केन्द्रीय योजनामा आधारित नयाँ पञ्चवर्षीय योजना मन परेको थिएन।
सोहीबेला तत्कालीन पश्चिम जर्मनी दक्षिण कोरियाका लागि महत्वपूर्ण साझेदार बनेर देखापर्यो। दक्षिण कोरियाले सीप सिक्न र पैसा कमाउन जर्मनी पठाएका दक्षिण कोरियालीले त्यहाँबाट रेमिट्यान्स पठाउन थाले। यही रेमिट्यान्स कोषलाई धितो राखेर दक्षिण कोरियाले विदेशी ऋण पनि प्राप्त गर्न सफल भयो।
सैनिक सरकारले व्यावसायिक बैंकको राष्ट्रियकरण गर्न थाल्यो। आर्थिक योजना बोर्डको सल्लाहमा सरकारले मुलुकका प्रायः सबै व्यवसायिक बैंकको राष्ट्रिकरण गर्यो र ‘नीतिगत ऋण’ को नाममा उद्यमीलाई सस्तो ब्याजदरमा ऋण प्रदान गर्न थाल्यो।
यसबाट दक्षिण कोरियाले साना उद्योगमा लगानी गर्यो। यससँगै दक्षिण कोरियामा कपडा, नक्कली कपाल, धागोको कार्यजस्ता सा-साना उद्योगले विस्तार गर्ने मौका पाए।
शासन हातमा लिनेबित्तिकै सैनिक सरकारले व्यावसायिक बैंकको राष्ट्रियकरण गर्न थाल्यो। आर्थिक योजना बोर्डको सल्लाहमा सरकारले मुलुकका प्रायः सबै व्यवसायिक बैंकको राष्ट्रिकरण गर्यो र ‘नीतिगत ऋण’ को नाममा उद्यमीलाई सस्तो ब्याजदरमा ऋण प्रदान गर्न थाल्यो। त्यसबोहक सरकारले केन्द्रीय बैंकमा सुधार गरेर ‘कोरिया विकास बैंक’, ‘कुकिम बैंक’, ‘वैदेशिक सटही बैंक’ जस्ता विशेष कार्यका लागि विभिन्न बैंकको पनि स्थापना गर्यो।
यसको अर्थ सरकारको नीतिअनुसार विशेष प्रयोजनाका लागि स्थापित वा व्यावसायिक बैंकले उद्योग स्थापना र विकासका लागि पुँजी र वित्त प्रदान गर्ने सरकारी अङ्गको भूमिका खेल्न थाले।
सन् १९६५ मा सरकारले वित्तीय सुधारको कार्यक्रम अघि सार्यो। यो कार्यक्रमअनुसार बजारमा कायम रहेको ब्याजदर कै हाराहारीमा सरकारले ब्याजदर बढायो। यसले गर्दा अनौपचारिक बजारमा छरिएर रहेको पुँजी आकर्षक ब्याजको प्रलोभनमा परेर बैंकमा जम्मा हुन थाले।
सन् १९७२ मा सरकारले कृत्रिम रुपमा पुनः ब्याजदर घटायो र अनौपचारिक बजारका ऋणलाई पनि स्थगन गरिदियो। ‘अगष्ट तीन कदम’ भनिने यस किसिमको आर्थिक नीतिबाट साना ठूला गरेर सबै उद्योगलाई पनि प्रोत्साहन मिल्दै गयो।
सरकारले सन् १९६२ मै मौद्रिक सुधारको पनि घोषणा गर्यो। यसअघि ‘ह्वान’ नामको मुद्रा प्रचलनमा रहेकोमा त्यसमा व्यापक सुधार गरी ‘वन’ नामक मुद्रा प्रचलनमा ल्यायो। नयाँ व्यवस्थाअनुसार १० ‘ह्वान’ बराबर १‘वन’ कायम गरिएको व्यवस्थाले निर्यातमुखी दक्षिण कोरियाली अर्थतन्त्रलाई अझ विस्तार गर्न मद्दत पुग्यो।
सरकारले सन् १९६२ मै मौद्रिक सुधारको पनि घोषणा गर्यो। यसअघि ‘ह्वान’ नामको मुद्रा प्रचलनमा रहेकोमा त्यसमा व्यापक सुधार गरी ‘वन’ नामक मुद्रा प्रचलनमा ल्यायो। नयाँ व्यवस्थाअनुसार १० ‘ह्वान’ बराबर १‘वन’ कायम गरिएको व्यवस्थाले निर्यातमुखी दक्षिण कोरियाली अर्थतन्त्रलाई अझ विस्तार गर्न मद्दत पुग्यो।
सन् १९७९ सम्म शासन गरेका उनको शासनकालमा ‘चाइबल’ नामक पारिवारिक व्यापारिक घरानाको पनि व्यापक विकास भयो। पार्कको शासनकालमा दक्षिण कोरिया विश्वकै सबैभन्दा तीव्र गतिमा आर्थिक वृद्धि गर्ने मुलुकको सूचीमा पनि सूचिकृत भएको थियो।
सन् १९७९ मा उनको हत्या भएपछि दक्षिण कोरियामा राजनीतिक शक्ति संघर्ष पनि बढ्दै गयो। त्यसपछि सन् १९८० मा नयाँ राष्ट्रपति बनेका चुन डु ह्वानले पनि मुलुकको शक्ति आफ्नो हातमा लिएर एकलौटी शासन अघि बढाए। सन् १९८८ सम्म दक्षिण कोरियाको सत्तामा रहेका चुन डु ह्वानको शासनकालमा पनि दक्षिण कोरिया आर्थिक क्षेत्रमा उही गतिमा अघि बढ्यो। त्यसपछिका शासकले पनि दक्षिण कोरियाली आर्थतन्त्रको विकासलाई निरन्तरता दिए।
सन् १९६० को दशकको सुरुदेखि सन् १९९० को अन्त्यसम्मको दक्षिण कोरियाली विकासलाई ‘हान नदीको चमत्कार’ नाम दिने गरिन्छ।
१९६० सम्म दयनीय अवस्थामा रहेको दक्षिण कोरिया सन् १९९० को अन्त्यसम्म आइपुग्दा एसियाको उदयमान अर्थतन्त्रको रुपमा विकसित भइसकेको थियो। यसका लागि सबैभन्दा महत्वपूर्ण भूमिका भने तत्कालीन सैनिक शासक पार्क चुङ हीलाई जानेगर्छ।
सन् १९६० को दशकको सुरुदेखि सन् १९९० को अन्त्यसम्मको दक्षिण कोरियाली विकासलाई ‘हान नदीको चमत्कार’ नाम दिने गरिन्छ। १९६० सम्म दयनीय अवस्थामा रहेको दक्षिण कोरिया सन् १९९० को अन्त्यसम्म आइपुग्दा एसियाको उदयमान अर्थतन्त्रको रुपमा विकसित भइसकेको थियो।
जापानसँग मिलेर सन् २००२ मा फिफा विश्वकपको आयोजना गरेको दक्षिण कोरियाले आफूलाई विश्व अर्थतन्त्रको प्रभावशाली मुलुकको रुपमा चित्रित गरिसकेको थियो। त्यसयता दक्षिण कोरियाली कम्पनी सामसुङ, ह्युण्डाई, एलजी लगायले विश्वभर दक्षिण कोरियाली अर्थतन्त्रको प्रतिनिधित्व गरिरहेका छन्। त्यतिमात्रै नभई ठेट कोरियाली शैलीको साङ्गीतिक धार ‘केपप’ ले अहिले दक्षिण कोरियालाई सांस्कृतिक रुपमा पनि विश्वभर चिनाएको छ।
समृद्धिको कारण
आखिर के कारण थियो, जसले दक्षिण कोरियालाई विश्वको महत्वपूर्ण अर्थतन्त्रको रुपमा विकास गर्यो ? सन् १९६० को दशकयता भएको दक्षिण कोरियाको आर्थिक विकासको मुख्य कारण वैदेशिक लगानी नै हो। खासगरी अमेरिका र जापानबाट दक्षिण कोरियामा आएको वैदेशिक लगानी।
शीतयुद्धको समयमा कोरियाली अर्थतन्त्रलाई विश्लेषण गर्दा कोरियाली प्रायःद्विपमा अमेरिका र सोभियत संघबीच प्रत्यक्ष रुपमा नै प्रतिस्पर्धा हुँदै आएको देखिन्छ। खासगरी सन् १९५४ देखि सोभियत संघको शासन सम्हालेका निकिता खुश्र्चेव विश्वभर आफ्नो प्रभाव फैलाउने बाटोमा अघि बढेका थिए। कोरियाली प्रायःद्विपमा पनि खुश्र्चेवले आफ्नो प्रभाव बढाउन तत्कालीन उत्तर कोरियाली शासक किम इल सुङलाई व्यापक सहयोग गरेका थिए।
त्यसैलाई काउण्टर गर्नका लागि १९६० मा अमेरिकाले आफ्नो नीतिसमेत परिवर्तन गरेर तत्कालीन समयमा तेश्रो विश्वको स्तरमा रहेको दक्षिण कोरियाजस्ता आफ्ना साझेदार मुलुकमा सैनिक, राजनीतिक हस्तक्षेपभन्दा पनि आर्थिक, सामाजिक तथा सार्वजनिक सहयोगलाई जोड दियो। त्यसैका आधारमा दक्षिण कोरियामा विशाल आर्थिक लगानी बढ्दै गयो।
जापानको लगानी
आर्थिक चमत्कार गरिरहेको जापानबाट पनि विशाल मात्रामा लगानी आउन थाल्यो। जापानबाट दक्षिण कोरियामा लगानी आउनुको मुख्य कारण चाहिँ दक्षिण कोरियामा त्यतिबेलाको सस्तो श्रम रहेको बताइन्छ।
जापानले त्यतिबेला दक्षिण कोरियामा अदक्ष तथा अर्धदक्ष जनशक्तिलाई सुहाउने उद्योग टेक्सटाइल निर्माण गर्ने, मोटर कारको जडान गर्ने, पानी जहाजको जडान, विद्युतीय सामग्रीको जडान गर्ने लगायतका श्रमिकमुखी उद्योग सञ्चालन गर्न थाल्यो।
पछि, जापानी औद्योगिक प्रविधि दक्षिण कोरियाली उद्योगतर्फ स्थानान्तर भएसँगै जापानी औद्योगिक प्रविधि दक्षिण कोरियाली उद्योगमा पनि प्रयोग हुन थाल्यो।
जापानले त्यतिबेला दक्षिण कोरियामा अदक्ष तथा अर्धदक्ष जनशक्तिलाई सुहाउने उद्योग टेक्सटाइल निर्माण गर्ने, मोटर कारको जडान गर्ने, पानी जहाजको जडान, विद्युतीय सामग्रीको जडान गर्ने लगायतका श्रमिकमुखी उद्योग सञ्चालन गर्न थाल्यो।
समयक्रमसँगै दक्षिण कोरियामा विदेशी लगानी बढेपछि परम्परागत कृषिमा निर्भर दक्षिण कोरियाको अर्थतन्त्र विस्तारै औद्योगिकरणतर्फ उन्मुख भयो।
औद्योगिकरण बढ्दै गएपछि दक्षिण कोरियाली श्रमिकको जीवनस्तर पनि बढ्दै गयो। यसबाट दक्षिण कोरियाली लगानीमै पनि ठूला उद्योग स्थापना हुनथाले।
सरकारको भूमिका
दक्षिण कोरिया सरकारले आफ्नो मुलुकमा पेट्रोकेमिकल, स्टिल, विद्युतीय सामानलगायतलाई मुलुकका रणनीतिक उद्योग मानेर त्यसैमा लगानी बढाउने तथा त्यस्ता उद्योगलाई प्रोत्साहन गर्न थाल्यो। यसको उदाहरण दिँदा सन् १९६८ मा स्थापना भएको पोहाङ स्टिल मिललाई दिने गरिन्छ।
सरकारले आफ्ना उद्योगलाई लक्षित गरेर विभिन्न शैक्षिक तथा तालिम प्रतिष्ठानको पनि स्थापना गर्यो। यस्ता प्रतिष्ठानमा अध्ययन गरेका विद्यार्थीले समयक्रमसँगै कोरियाली अर्थतन्त्रमा योगदान दिन थाले।
सन् १९६० को दशकमा नेपालभन्दा दयनीय अवस्थामा रहेको दक्षिण कोरियाले छोटो समयमा नै चामत्कारिक आर्थिक विकास गर्यो। दक्षिण कोरिया हाल विश्वको महत्वपूर्ण अर्थतन्त्र हो।
सन् १९६० को दशकमा नेपालभन्दा दयनीय अवस्थामा रहेको दक्षिण कोरियाले छोटो समयमा नै चामत्कारिक आर्थिक विकास गर्यो। दक्षिण कोरिया हाल विश्वको महत्वपूर्ण अर्थतन्त्र हो। अहिले दक्षिण कोरियाको अर्थतन्त्र चीन, जापान र भारतपछि एसियाको चौंथो ठूलो अर्थतन्त्रको रुपमा छ भने विश्वको ११ औँ ठूलो अर्थतन्त्रको रुपमा छ।
यसरी दक्षिण कोरिया कुनै समय नेपालभन्दा गरिब भएर पनि आज हजारौँ नेपालीलाई रोजगारी दिने देश बन्न पुगेको छ।
प्रतिक्रिया