दश्रो चरणको शान्तिवार्ताको संयुक्त राष्ट्रसंघद्वारा स्वागत | Khabarhub Khabarhub

दश्रो चरणको शान्तिवार्ताको संयुक्त राष्ट्रसंघद्वारा स्वागत


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संयुक्त राष्ट्र संघले रुस – युक्रेन वार्ताको स्वागत गर्दै सबै सम्झौताहरू ढिलाइ नगरी कार्यान्वयन हुने आशा व्यक्त गरेको छ।

हामी युक्रेनी र रुसी वार्ताकारहरू बीच बेलारुसमा दोस्रो चरणको वार्ताको क्रममा गरिएको सम्झौताको स्वागत गर्दैछौँ’ संयुक्त राष्ट्रसंघकी राजनीतिक मामिला उपमहासचिव रोजमेरी डिकार्लोद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दुवै पक्षले मानवीय कोरिडोरको स्थापनामा नागरिकहरूको लागि सुरक्षित मार्ग र मानवीय सहायताको वितरणमा ध्यान केन्द्रित गरेको विषय स्वागतयोग्य रहेको समेत विज्ञप्तिमा उल्लेख छ । ‘हामी आशा गर्छौ यो सम्झौता ढिलाइ नगरी लागू हुनेछ र पूर्ण र विना शर्त युद्धविराममा छिट्टै सहमति हुनेछ ।’

दुवै पक्षलाई वार्ता जारी राख्न र सुरक्षा, मानवीय र अन्य मुद्दाहरूमा तत्काल प्रगति गर्न पनि विज्ञप्तिमा आह्वान गरिएको छ ।

रुस र युक्रेनले बिहीबार बेलारुसमा दोस्रो चरणको वार्तामा सर्वसाधारणलाई बाहिर निकाल्न मानवीय कोरिडोरहरू व्यवस्थित गर्न सहमत भएका थिए।

रुसी प्रतिनिधिमण्डलका प्रमुख समेत रहेका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सहयोगी भ्लादिमिर मेडिन्स्कीले दुवै पक्षले सैन्य मामिला, मानवीय मुद्दा र भावी राजनीतिक समाधानबारे छलफल भएको बताएका छन् ।
 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : २० बजे

कान्तिपुरका अध्यक्ष सिरोहियाको गिरफ्तारीले उब्जाएको प्रश्न

काठमाडौं-  कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई मंगलबार अपराह्न थापाथलीस्थित

तरकारी खेतीबाट वार्षिक रु आठ लाखको बचत

सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–९ बङ्गारा कटान गाउँका दिनेश चौधरी आफ्नो

दशगज्जा क्षेत्रको सरसफाई

रौतहट – रौतहटको सिमावर्ती इशनाथ नगरपालिका स्थित नेपाल भारत सीमा

सातै प्रदेशमा ‘श्रमाधान रोजगार मेला’ आयोजना गरिँदै

काठमााडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले नेपाली नागरिकको

गण्डकी प्रदेशद्वारा दोस्रो पञ्चवर्षीय योजनाको परिमार्जित आधारपत्र सार्वजनिक

गण्डकी । गण्डकी प्रदेश नीति तथा योजना आयोगले गण्डकी प्रदेशको