वातावरण तथा जलवायू अनुकुल सम्बन्धी ‘किक अफ’ कार्यक्रम तीन प्रदेशमा सुरुवात « Khabarhub

वातावरण तथा जलवायू अनुकुल सम्बन्धी ‘किक अफ’ कार्यक्रम तीन प्रदेशमा सुरुवात


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- यूथ इन्नोभेसन ल्याबको नेतृत्वमा, रेस्टलेस नेपाल र सीडीएमसीको साझेदारीमा मधेश प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा वातावरण तथा जलवायू अनुकुल विकासमा नेपाली युवा परियोजना संचालन भएको छ ।

शुक्रबारदेखि सञ्चालित ‘किक अफ’ बैठकमा, गृह मन्त्रालय राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, युरोपेली संघ, राष्ट्रिय युवा परिषद, यूथ इन्नोभेसन ल्याब, रेस्टलेस डेभलेपमेन्ट नेपाल, क्रिएसन र सीडीएमएसको सहभागितामा औपचारिक रुपमा सुरुवात गरिएको हो।

युरोपेली संघको आर्थिक सहयोगमा संचालन हुने यो परियोजना, जनवरी २०२२ देखि डिसेम्बर २०२५ सम्म, वातावरण संरक्षण र जलवायू परिवर्तनका क्षेत्रमा तीनै प्रदेशमा युवाहरु परिचालन गरिने बताइएको छ ।

कोभिड–१९ को महामारी पश्चात युवाहरूको रोजगारीका अवसरहरूमा असर परेको समयमा यस परियोजनाद्वारा तीनै प्रदेशलाई प्राथमिकता दिई रोजगारीको अवसरहरु सृजना गर्नेछ। यो परियोजनाले युवाहरु मार्फत स्थानीय तहको जलवायू परिवर्तन, विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी तथ्यमा आधारित नीति, योजना तथा कार्यक्रम निर्माण गर्न क्षमता विकास गर्ने लक्ष्य छ ।

साथै यस परियोजनाको, जलवायू–मैत्री उद्यमशील कार्यक्रम मार्फत युवाहरुलाई संलग्न गरि रोजगारीहरू प्रदान गर्न, जीविकोपार्जनको स्तरोन्नति गर्न र उद्यम, जलवायू परिवर्तन र सुशासनका क्षेत्रमा युवाहरुलाई सोहि क्षेत्रका विज्ञहरुसंग सहभागी गर्ने लक्ष्य छ । जलवायू परिवर्तन सम्बन्धी विषयहरु उठाउन, कम लागत प्रविधिको प्रयोग गर्न प्रोत्साहन गर्ने, तथ्यांकमा आधारित अभियन्ताहरूको समूह विकास गर्ने उद्देश्य पनि यस परियोजनाले लिएको छ।

कार्यक्रममा युथ इन्नोभेसन ल्याबबाट परियोजना प्रमुख गोमा कार्कीले परियोजनाको उद्देश्य र परियोजना भित्र रहेका विभिन्न कार्यक्रमहरुको बारेमा जानकारी दिएकी थिइन्।

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव ऋषिराज आचार्यले मन्त्रालय र स्थानीय सरकारको सम्बन्ध अझै प्रगाढ बनाई विपद व्यवस्थापनमा दिर्घकालिन योजना निर्माण गर्नुपर्ने बताए।

युरोपेली संघको प्रतिनिधित्व गर्दै कार्यक्रम व्यवस्थापक रोजाल्बा टुसियोले मधेश प्रदेश, कर्णाली र सुदुरपश्चिम प्रदेशको संकटासन्नता र जोखिमका मापदण्डका आधारमा छानिएको कुरा प्रष्ट पारिन्। साथै युरोपेली संघले युवाको नीति, सहभागिता र सशक्तिकरणमा प्राथमिकता दिने हुनाले यस परियोजनाले युवा र नेपाल सरकारको समन्वयमा नीति निर्माण गर्न मद्दत गर्ने उनले अपेक्षा व्यक्त गरिन्।

राष्ट्रिय युवा परिषदका प्रतिनिधि उपसचिव कमला ज्ञवालीले युवाहरू नविन विचारको खानी हुने हुनाले यस्ता विचार र श्रोतको सदुपयोगले देशलाई लाभकारी हुने जनाउँदै युवाहरुलाई देशमै काम गर्न प्रेरित गर्नुपर्छ भन्ने विचार व्यक्त गरिन्।

राष्ट्रिय युवा परिषदका प्रतिनिधि उपसचिव कमला ज्ञवालीले युवाहरू नविन विचारको खानी हुने हुनाले यस्ता विचार र श्रोतको सदुपयोगले देशलाई लाभकारी हुने जनाउँदै युवाहरुलाई देशमै काम गर्न प्रेरित गर्नुपर्छ भन्ने विचार व्यक्त गरिन्।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  १ : २४ बजे

शुभमन गिलको कीर्तिमानी दोहोरो शतक, वेस्ट इन्डिजमाथि भारतको शानदार जित

काठमाडाैँ – कप्तान शुभमन गिलको कीर्तिमानी दोहोरो शतकको मद्दतले भारतले

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

आज २०८३ साल असोज १५ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १५ गते बिहीबार सन् २०२६

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा