चितवन नेपाली काँग्रेसको जिल्ला सभापतिमा खनाल निर्वाचित « Khabarhub

चितवन नेपाली काँग्रेसको जिल्ला सभापतिमा खनाल निर्वाचित


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– नेपाली काँग्रेस चितवन सभापतिमा राजेश्वर खनाल सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थापन इतरका खनाल १४औँ जिल्ला अधिवेशनअन्तर्गत दोस्रो चरणको मतदानअघि नै सर्वसम्मत सभापति चयन भएका हुन् ।

दोस्रो चरणको मतदानमा खनाललाई सभापतिका अर्का उम्मेदवार उत्तम जोशी र सूर्यकान्त घिमिरेले समर्थन गर्ने निर्णय गरेका थिए । त्यसपछि बाँकी उम्मेदवार

मिलनबाबु श्रेष्ठ र कैलाश कोइरालाले पनि खनाललाई नै समर्थन गरेको जिल्ला निर्वाचन समितिका संयोजक ज्ञानेन्द्रप्रसाद अधिकारीले जानकारी दिए ।

पहिलो चरणको मतदानमा कसैले पनि ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान गर्ने तयारी थियो । पहिलो चरणको मतदानमा राजेश्वर खनालले ७४६,

मिलनबाबु श्रेष्ठले ६६२, उत्तम जोशीले ४७२, सूर्यकान्त घिमिरेले ४२६ र कैलाश कोइरालाले ४१२ मत प्राप्त गरेका थिए ।

मिलनबाबु श्रेष्ठ संस्थापन पक्ष अर्थात् काँग्रेस सभापति शेरबहादुर देउवा पक्षका हुन् भने बाँकी चार उम्मेदवार संस्थापन इतरका हुन् ।

सभापतिमा खनाल सर्वसम्मत भएपछि बाँकी पदाधिकारी र सदस्यहरूको मतगणना केहीबेरमा सुरु हुने निर्वाचन समिति संयोजक अधिकारीले बताए ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ४ : २८ बजे

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

कञ्चनपुर – कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५