मृत्यु भएको दुई दिनपछि परिवारजनले शव बुझे « Khabarhub

मृत्यु भएको दुई दिनपछि परिवारजनले शव बुझे


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– उदयपुरको गाईघाटमा उपचारका क्रममा मृत्यु भएकी गर्भवतीको शव परिवारले बुझेको छ ।

दुई दिनअघि जिल्ला अस्पताल गाईघाटमा मृत्यु भएकी उदयपुरगढी गाउँपालिका–६ नेपालटारकी ३२ वर्षीया गर्भवती सीता राउत कार्कीको शव परिवारले बुझेको हो ।

स्वास्थ्यकर्मीको लापरबाहीले गर्भवतीको मृत्यु भएको भन्दै परिवारले शव उठाउन मानेको थिएन ।

परिवारजनले घटनाको छानबिन हुनुपर्ने, क्षतिपूर्ति दिनुपर्ने र मृतकका दुई छोरीको स्वास्थ्य र शिक्षाको ग्यारेण्टी लिनुपर्ने माग गर्दै आएका थिए । दुई दिनसम्मको छलफलबाट कुनै निष्कर्ष ननिस्किएपछि शव बुझेको पीडितका परिवारले जनाएको छ ।

त्रियुगा नगरपालिकाले छोरीहरूको शिक्षाका लागि एक लाख ५० हजारको अक्षयकोष उपलब्ध गराउने र उदयपुरगढी गाउँपालिकाले नमुना माध्यमिक विद्यालय भलायाडाँडामा कक्षा १२ सम्म प्राविधिक शिक्षा निःशुल्क पढाउने मौखिक सहमति गरेका छन् ।

गर्भवतीको मृत्युपछि अस्पतालमा आफन्तले तोडफोड गरेका थिए ।

फागुन १७ गते अस्पताल ल्याएको र उपचार नपाएरै मृत्यु भएको श्रीमान् अर्जुन कार्कीले आरोप लगाए ।

चिकित्सकले भने गर्भवतीको कन्डिसन खराब रहेकाले तत्काल अप्रेसन गर्न आग्रह गर्दा मृतकका आफन्तले नमानेको र दुर्घटना भएको बताउँछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ०९ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक