डडेल्धुरा सदरमुकामकै विद्यालयको दुरावस्था « Khabarhub

डडेल्धुरा सदरमुकामकै विद्यालयको दुरावस्था


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– ‘विद्यालयमा खानेपानी छैन, खानेपानी नभएको ठाउँमा शौचालय हुने त कुरै भएन,’ उनले भने, ‘नगरपालिकासँग केही सहयोग मागौँ भने विद्यार्थी कम छन् भनेर आलटाल गर्छन् ।’ उनी अर्थात् डडेल्धुरा अमरगढी नगरपालिका–१ ढुनढुनेस्थित भुवनेश्वरी प्राथमिक विद्यालयका प्रधानाध्यापक मोहनसिंह ऐरले भने ।
ऐरले थपे– ‘बाल विकासदेखि कक्षा तीनसम्म १४ जना विद्यार्थी रहेको विद्यालयको अभिलेखमा उल्लेख छ । तर, विद्यालयमा ६ जना विद्यार्थी नियमित आउँछन् ।’

‘भुवनेश्वरी प्राथमिक विद्यालय’ भनेर भित्तामा लेखिएको छ । अन्त कतै विद्यालयको नाम लेखेको बोर्ड छैन । झट्ट हेर्दा जो पनि विद्यालय नै हो र भनेर झुक्किन्छन् ।

२०५६ सालमा स्थापना भएको यो विद्यालयमा २०५७ सालदेखि पठनपाठन सुरु भएको विद्यालयका प्रधानाध्यापक ऐर बताउँछन् । विद्यालयमा ह्वाइट बोर्ड समेत छैन । परम्परागत कालोपाटीमा खरीले लेखेर सिकाउनु पर्ने अवस्था छ ।

‘अहिले प्राथमिक तहका विद्यार्थीले किताबमै लेख्ने सिष्टम आएको छ । केही लेख्नै परे कालोपाटीमा खरीले लेखेर सिकाउँछौँ । सम्बन्धित निकायमा पनि खबर गरेका त थियौँ तर, विद्यार्थी कम छन् भन्दै आलटाल गर्छन,’ उनले भने ।

विद्यालयमा ६ वटा कक्षाकोठा छन् । एउटामा अफिस छ । दुई वटा कक्षाकोठामा विद्यार्थी राखिएको छ भने दुई वटामा ताला लगाएको छ । बालविकासदेखि तीन कक्षासम्म पढाइ हुने यो विद्यालयमा दुई स्थाई र एक जना करारका शिक्षक छन् ।

बाल विकास र एक कक्षाका विद्यार्थीलाई सँगै राखेर पढाइन्छ भने कक्षा दुई र तीनका विद्यार्थीलाई सँगै राखेर पढाइने गरेको विद्यार्थी चित्रा ऐरले बताइन । ‘दुई र तीनमा पढ्ने विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँछन् । हामी सबैले एउटै कुरा पढनु पर्छ,’ उनले भनिन् ।

शिक्षकको मनलाग्दी
पाँच कक्षासम्म पढाइ हुने यो विद्यालयमा अमरगढी नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन गरेपछि कक्षा तीनसम्म मात्रै पढाइ हुन्छ । विगतका दिनमा विद्यालयमा विद्यार्थीको संख्या उल्लेखनीय रहेको पूर्वविद्यार्थी पवन ऐरले बताए ।

‘अहिले विद्यालयमा राम्रो पढाइ हुँदैन । त्यहीँ भएर अविभावकले यता पढाउन खोज्दैनन्,’ उनले भने, ‘म यतै पढेको थिएँ । उतैबाट धेरै कुरा सिकेँ । अहिले अवस्था यस्तो छ ।

विद्यालयमा शिक्षकको मनलाग्दी हुने गरेको विद्यार्थीहरू बताउँछन् । पढाउन मन लागे पढाउने नत्र छुट्टी भन्दै घर पठाउने गरेको विद्यार्थी ललित ऐरले बताए । उनी भन्छन्, ‘कहिले काहीँ त विद्यालयमा हामी मात्रै आउँछौं ।’

औधोगिकग्राम सञ्चालन गर्न विद्यालय सार्ने खेल
अमरगढी नगरपालिकाले विद्यालयनजिक संयुक्त ग्यारेज बनाउने भन्दै डोजर प्रयोग गरेर फिल्ड निर्माण गरेको छ । नौ लाख रुपैयाँ लगानी गरेर निर्माण गरेको ग्यारेज निर्माण आर्थिक अभावले अलपत्र परेको छ ।

अब, सोही ठाउँमा नगरले औधोगिक ग्राम सञ्चालनको तयारी गरेको छ । विद्यालयनजिक औधोगिक ग्राम सञ्चालनको तयारी थालेको नगरले विद्यालय अन्यत्र सार्न विद्यालयलाई सहयोग नगर्ने गरेको स्थानीयको आरोप छ । भुवनेश्वरी प्राथमिक विद्यालयनजिक संस्थागत विद्यालय सञ्चालनमा छ ।

संस्थागत विद्यालय सञ्चालन गर्न नजिकको विद्यालयबाट अनुमति लिनु पर्ने भए पनि भुवनेश्वरी प्राथमिक विद्यालयबाट अनुमति नलिएर विद्यालयबाट निकै टाढा रहेको बैजनाथ मावि मौरडाबाट अनुमति लिएको विद्यालयका प्रअ ऐर बताउँछन् ।

बालबालिकालाई टाढाको विद्यालयसम्म जानआउन समस्या हुने हुँदा समायोजनमा कठिनाइ भएको अमरगढी नगरपालिकाले जनाएको छ । आगामी दिनमा यस विद्यालयको विकल्प खोज्ने नगरपालिकाका शिक्षा प्रमुख हेमन्त पन्तको भनाइ छ ।

पन्त भन्छन्, ‘त्यो विद्यालयमा वार्षिक रूपमा प्रशासनिक खर्चको लागि अनुदान रकम जान्छ । सेतो पाटी, बालमैत्री कक्षाकोठा व्यवस्थापन लगायतका काममा उहाँहरूले खर्च गर्नुपर्छ । तर, यी कुराहरू प्रअ र विद्यालय व्यवस्थापन समितीसँग जोडिन्छ । उहाँहरूले ध्यान दिनुपर्छ । हामीहरू अनुगमनका क्रममा गएका छौँ । सुझाव पनि दिएका छौँ ।’

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ५ : ५४ बजे

कञ्चनपुर कारागारबाट १६ कैदीबन्दी स्थानान्तरण

महेन्द्रनगर– महेन्द्रनगरस्थित कञ्चनपुर कारागारबाट १६ कैदीबन्दीलाई बाँकेको नौबस्ता कारागार स्थानान्तरण

आजका समाचार : ओली-लेखक छुटे, चौध दिनमै श्रममन्त्रीको जागिर गयो, उपसभामुखमा रुबी ठाकुर पक्का र लेबनानमा इजरायलको नरसंहार

दीपक साहलाई हटाएपछि प्रधानमन्त्रीले सम्हाले श्रममन्त्रीको जिम्मेवारीराष्ट्रपति रामचन्द्र पौडेलले श्रम,

मदनभण्डारी राजमार्ग : १३ हजार रूख कटान

झापा– राष्ट्रिय गौरवको आयोजना मदन भण्डारी राजमार्गअन्तर्गत पर्ने रूख कटानको

विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

नेपालगञ्ज– बाँकेका सबै स्थानीय तहमा विद्यालय तहका किशोरीमा रक्तअल्पताको समस्या

शिक्षाको गुणस्तर सुधार्न घरदैलोमा शिक्षक

तनहुँ- शिक्षाको गुणस्तर सुधार्न तनहुँको व्यास नगरपालिका–४ स्थित बेदव्यास प्राथमिक