पोखरा–जनकपुर हवाई उडान सुरु « Khabarhub

पोखरा–जनकपुर हवाई उडान सुरु


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबारबाट पोखरा–जनकपुर हवाई उडान सुरु भएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुर र गण्डकी प्रदेशको राजधानी पोखराबीचको हवाई उडान सुरु भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पहिलो उडानबाट जनकपुरधाम आएको छ ।

बुद्ध एयरको विमानबाट मुख्यमन्त्री पोखरेलसहित १८ सदस्यीय टोली पहिलो विमान चढेर जनकपुर विमानस्थलमा उत्रिएको हो । टोलीलाई मधेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो तथा भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवले स्वागत गरेका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्री पाखरेलसहितको टोली जनकपुर आएको हो ।

प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए ।

पर्यटकीय क्षेत्र जनकपुर र पोखराबीच हवाई सेवाले दुवै क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसैबीच, मुख्यमन्त्री राउतसहित मन्त्रीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डललाई मधेश भवनमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : २२ बजे

नागढुङ्गा सुरुङमार्ग : सवारी साधनको शुल्क सार्वजनिक

काठमाडौं – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नागढुङ्गा सुरुङ मार्गमा

सिरहा नगरपालिकाका प्रमुखविरुद्ध पक्राउ पुर्जी जारी

सिरहा – यहाँको सिरहा नगरपालिकाका प्रमुख डा नवीनकुमार यादव विरुद्ध

कञ्चनपुरमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु, छ घाइते

कञ्चनपुर – कृष्णपुर नगरपालिकामा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५