पोखरा–जनकपुर हवाई उडान सुरु « Khabarhub

पोखरा–जनकपुर हवाई उडान सुरु


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– शनिबारबाट पोखरा–जनकपुर हवाई उडान सुरु भएको छ ।

मधेश प्रदेशको राजधानी जनकपुर र गण्डकी प्रदेशको राजधानी पोखराबीचको हवाई उडान सुरु भएको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहितको टोली पहिलो उडानबाट जनकपुरधाम आएको छ ।

बुद्ध एयरको विमानबाट मुख्यमन्त्री पोखरेलसहित १८ सदस्यीय टोली पहिलो विमान चढेर जनकपुर विमानस्थलमा उत्रिएको हो । टोलीलाई मधेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतो तथा भौतिक पुर्वाधार विकासमन्त्री रामसरोज यादवले स्वागत गरेका थिए ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको निमन्त्रणमा तीनदिने भ्रमणका लागि मुख्यमन्त्री पाखरेलसहितको टोली जनकपुर आएको हो ।

प्रदेशबीच सम्बन्ध विस्तार गर्ने, अनुभव साट्ने र संघीयता सुदृढीकरणमा सहकार्य गर्नुका साथै पर्यटन प्रवर्द्धनका लागि अन्तर प्रदेश भ्रमण गरिएको गण्डकीका मुख्यमन्त्री पोखरेलले बताए ।

पर्यटकीय क्षेत्र जनकपुर र पोखराबीच हवाई सेवाले दुवै क्षेत्रको पर्यटकीय विकासमा सहयोग पुग्ने विश्वास लिइएको छ ।

यसैबीच, मुख्यमन्त्री राउतसहित मन्त्रीहरूले गण्डकी प्रदेशका मुख्यमन्त्रीसहितको प्रतिनिधिमण्डललाई मधेश भवनमा स्वागत गरेका छन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ६ : २२ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी