झापा गोल्डकप: टाइब्रेकरमा सातदोबाटो विजयी « Khabarhub

झापा गोल्डकप: टाइब्रेकरमा सातदोबाटो विजयी


२१ फाल्गुन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- सातदोबाटो युथ क्लब झापाको बिर्तामोडमा सुरु भएको पाँचौ संस्करणको झापा गोल्डकपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ ।

शनिबार भएकाे खेलमा जावलाखेल युथ क्लबलाई टाइब्रेकरमा ४–२ गोल अन्तरले पराजित गर्दै सातदोबाटो क्वार्टर फाइनलको यात्रा तय गरेको हो ।

ताेकिएकाे समयमा दुवै टोलीले २ -२ को बराबरी गोल गरेका थिए । खेल  बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको हो । खेलको तेस्रो मिनेटमै सातदोबाटोका लागि अजयी मार्टिनले गोल गरेका थिए । निरज चौधरीले डिबक्समा दिएको पासलाई सदुपयोग गर्दै मार्टिनले ‘वान टच’मा गोल गरे । दोस्रो हाफको ८ औँ मिनेटमा सातदोबाटोका आशिष राईले गोल गर्दै खेल बराबरीमा पारेका थिए ।

आइतबारको दोस्रो खेल नेपाल पुलिस क्लब र संकटा क्लबबीच हुने आयोजकले जनाएको छ ।

३० फागुनसम्म हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार र उपविजेताले ६ लाख ५ हजार पुरस्कार पाउने आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

प्रतियोगितामा नेपालका ८ र भारतका दुई क्लबको सहभागिता छ । पाँचौँ संस्करणको झापा गोल्डकपको उद्घाटन पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । झापा गोल्डकपका सदस्यसमेत रहेका ओलीले डोमालाल राजवंशी रंगशालको विकासमा र खेलकुदको विकासमा सहयोग गर्ने प्रतिबद्धता जनाए ।

 

प्रकाशित मिति : २१ फाल्गुन २०७८, शनिबार  ९ : ५५ बजे

किमद्वारा राइफल उपहार, छोरी फेरि केन्द्रमा

एजेन्सी– उत्तर कोरियाली नेता किम जोङ उनले सत्तारूढ वर्कर्स पार्टीको

इरानी मिसाइल प्रहारबाट अबु धाबीमा अज्ञात एशियाली देशका एक जनाको मृत्यु भएपछि यूएई क्रुद्ध

काठमाडौं- इरानले प्रहार गरेको मिसाइलका कारण एक जनाको मृत्यु भएपछि

इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह

काठमाडौं- इजरायल र इरानबीच बढ्दो तनावका कारण मध्यपूर्वको सुरक्षा अवस्था

निर्वाचन आचारसंहिता उल्लङ्घन : आठ जनालाई कारबाही

काठमाडौं– निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही र

कतार, कुवेत, यूएई, बहराइनपछि साउदी अरबको राजधानीमा पनि विस्फोट

इजरायल र अमेरिकाले संयुक्त रुपमा हमला गरेसँगै इरानले पनि प्रत्याक्रमणलाई