खराब विदेश नीतिले ‘खलनायक’ बन्दै खान | Khabarhub Khabarhub

खराब विदेश नीतिले ‘खलनायक’ बन्दै खान


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् १९९२ विश्व खेल जगतमा पाकिस्तानका लागि स्वर्णिम वर्ष। क्रिकेटको विश्वकप जितेपछि पाकिस्तानले आफूलाई नयाँ शक्तिको रूपमा स्थापित गरेको थियो। सोही समयमा इमरान खान मैदानका कुशल नेताको रूपमा स्थापित थिए भने इन्जमाम उलहक र बसिम अक्रमको आकर्षण संसारमा नै थियो। त्यसै समयमा क्रिकेटमा रिभर स्वीङका किङका रूपमा चर्चा मात्र भएको थिएन, संसारका हरेक क्रिकेट एकेडेमीमा उनको शैलीलाई पछ्याउनेको जमात नै तयार भयो।त्यो अद्भुत पाकिस्तानी क्रिकेट टोलीका कप्तान संसारका महान अलराउण्डरको रूपमा छवि बनाएका खानले ३८०७ टेस्ट रन प्रहार गरेका छन् भने ३६२ टेस्ट विकेट पनि लिएका छन्।

आफू लोकप्रियताको शिखरमा रहेकै समयमा सन् १९९१ को समयमा उनले आफ्नो आमाको स्मरणमा क्यान्सर अस्पताल निर्माणको अभियान सुरु गरेका थिए। जनस्तरबाट सङ्कलित रकमले सन् १९९४ मा लाहोरमा अस्पताल निर्माण गरेका खानले सन् २०१५ मा पेसावरमा अर्को अस्पताल पनि निर्माण गरे। रिसर्च सेन्टर तथा कलेजको स्थापना गर्दै मेडिकल साइन्सको अध्ययनमासमेत महत्त्वपूर्ण योगदान गरेका खान यत्तिमा सीमित भएका थिएनन्।

अद्भुत पाकिस्तानी क्रिकेट टोलीका कप्तान संसारका महान अलराउण्डरको रूपमा छवि बनाएका खानले ३८०७ टेस्ट रन प्रहार गरेका छन् भने ३६२ टेस्ट विकेट पनि लिएका छन्।

नयाँ शैली, नयाँ प्रयोग र नयाँ चुनौतीको सामना गर्न चाहने उनले परम्परागत राजनीतिक दललाई पछ्याउने पुरानो शैलीलाई त्याग्दै राजनीतिमा होमिए। सन् १९९६ मा आफैले पाकिस्तान तेहइर इन्साफ (पीटीई) स्थापना गर्दै खानले पाकिस्तानी राजनीतिमा नयाँ आशाको सङ्केत गरेका थिए।

भ्रष्टचार, सैनिक कु ,संसद्मा विवाद लगायतका विषय पाकिस्तानी राजनीतिका पुराना विशेषता नै थिए। यसैबीच कुनै समय खेलकुदमा पाकिस्तानी साखलाई माथिल्लो उचाइमा लैजाने तीनै इमरानको कारण पाकिस्तानी राजनीतिले नयाँ मोड पाउने आशा धेरैमा जाग्दै गरेको थियो। पाकिस्तानी जनतामा बढ्दै गएको त्यसै आशाका कारण सन् २०१८ को अगस्ट १८मा उनी प्रधानमन्त्री कार्यालयमा प्रवेश गर्न सफल रहे।

प्रधानमन्त्री बनेको चार वर्ष पनि नहुँदै खानको राजनीतिक जीवन धरापमा परेको छ। आफूलाई असहज महसुस भएपछि उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेका छन्। पाकिस्तानका उपसभामुखले खान माथिको अविश्वास प्रस्तावलाई मतदानमा नलगेपछि खानका लागि यो बाटो खुलेको हो। मतदानमा खानले पराजयको सामना गर्ने लगभग निश्चित थियो।

प्रधानमन्त्री बनेको चार वर्ष पनि नहुँदै खानको राजनीतिक जीवन धरापमा परेको छ। आफूलाई असहज महसुस भएपछि उनले संसद् विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेका छन्।

खानले आफूले अमेरिकी नीतिको विरोध गरेका कारण अमेरिकाले हटाउन चाहेको बताउँदै आएका छन्। विपक्षी दलप्रति उनको रोष बढ्दो छ। अमेरिकाले उनको आरोपको खण्डन गरेको छ।

रुसले युक्रेनमाथिको आक्रमणको तयारी गरिरहेकै समयमा इमरान खानले त्यहाँका राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गरेका थिए। केही अन्तर्राष्ट्रिय समाचार संस्थाकै अनुसार खान पाकिस्तानी सेनाको सहयोगमा अझ बलियो हुन चाहन्थे। परन्तु, उनका ती सबै योजना तुहिएका छन्। सत्तामा आबद्ध धेरै दलले छाड्दै गएपछि विपक्षी दलका अविश्वास प्रस्ताव ल्याउन सहज भएको थियो।

आइतबार संसदमा यसबारे मतदान हुन नसकेपछि विवाद अदालतसम्म पुगेको छ विपक्षीले न्यायालयको आशा गरिरहेकै समयमा खानले नयाँ कदम चालेका छन्। इस्लामवादमा विरोध प्रदर्शन जारी छ। थुप्रै सुरक्षाकर्मी तैनाथ छन्।

खानले आफूले अमेरिकी नीतिको विरोध गरेका कारण अमेरिकाले हटाउन चाहेको बताउँदै आएका छन्। विपक्षी दलप्रति उनको रोष बढ्दो छ। अमेरिकाले उनको आरोपको खण्डन गरेको छ।

विपक्षी दल अदालतले न्याय दिने तथा खान माथिको अविश्वास प्रस्ताव माथि मतदान हुनेमा आशावादी छन्। खानले संसदीय निर्वाचन मार्फत बाटो खुला हुन गर्न खोजे पनि उनको कार्यकालमा जनजीवन असहज बनेको छ।

पाकिस्तानको आर्थिक अवस्था बिग्रिएको छ। खानको कार्यकालमा देशको ऋण चुलिँदो छ। चीनसँगको हातेमालोको कारण त्यहाँको आर्थिक अवस्था त छताछुल्ल भएको छ। अन्य छिमेकी देश पनि पाकिस्तानलाई सङ्कटमा सहयोग गर्न चाहँदैनन्।

आर्थिक दुरावस्थाको बीचमा निर्वाचन भएमा उनले पराजयको सामना गर्नुपर्ने देखिन्छ। खानका समर्थक अमेरिकाले पाकिस्तानको सत्ता फेर्न चाहेको अलाप रटिरहेका छन्।

अहिले धेरैको ध्यान पाकिस्तानी सेनामा छ। सन् २०१८ देखि नै पाकिस्तानी सेना खानको समर्थकको रूपमा थियो। पछिल्लो समय त्यस्तो नहुन पनि सक्छ। केही राजनीतिक नियुक्तिका विषयमा सेना खानसँग खुसी छैन। पाकिस्तान निर्वाचनमा नै गएमा अबको अवस्था कस्तो हुने र खानका लागि यो कत्तिको सहज हुने भन्ने बहस पनि सुरु भएको छ।
सन् २०१८ को जुलाइमा भ्रष्टचार निर्मूल पार्ने तथा अर्थ व्यवस्थालाई मजबुत पार्ने नारासहित खानले निर्वाचनमा जित हात पारेका थिए।

आर्थिक दुरावस्था, बढ्दो विदेशी ऋण। कूटनीतिक असफलता लगायत विषयले खानलाई सर्वाधिक अलोकप्रिय बनाउँदै लगेको छ । ३४२ सदस्यीय राष्ट्रिय सभामा खानको विरुद्धमा १७२ जना प्रस्ट छन्।

खानको कार्यकालमा देशको ऋण चुलिँदो छ। चीनसँगको हातेमालोको कारण त्यहाँको आर्थिक अवस्था त छताछुल्ल भएको छ। अन्य छिमेकी देश पनि पाकिस्तानलाई सङ्कटमा सहयोग गर्न चाहँदैनन्।

संसदीय गणित आफ्नो प्रतिकुल रहेकै समयमा खानले एक साता अघि इस्लामावादमा आफ्नो पक्षमा जनमत भएको देखाउनकै लागि प्रदर्शनको आयोजना गरेका थिए। त्यसै सभामा उनले विदेशी चलखेलको आरोप लगाएका थिए भने तीन पटकका प्रधानमन्त्री नवाज सरिफ र दिवङ्गत बेनजरी भुट्टोका श्रीमान् असीफ जदारीप्रति आक्रामक अभिव्यक्ति दिएका थिए। उनले आफ्नो कार्यकालमा भ्रष्टाचारलाई निर्मूल पारेका कारण सरिफ र जदारीलाई असह्य भएको आरोप समेत लगाएका थिए।

गत बिहीबार नै उनले राष्ट्रको नाममा सम्बोधन गर्दै अमेरिका नै आफ्नो विरुद्धमा लागेको आरोप लगाए। यस लगत्तै अमेरिकी स्टेट डिपार्टमेन्टले यसको खण्डन गरिसकेको छ। खान अहिले यस्तो घेराबन्दीमा परेका छन् कि उनी निस्कन सायदै सम्भव छ। यी सबै समस्याको मूल कारण खानको वैदेशिक नीति नै मानिन्छ।

‘म दिनभरि कपाल काटेर ५ सय रुपैयाँ कमाउँछु। एक केजी बटरको मूल्य पनि ५ सय रुपैयाँ छ। जबकी उनी आउनु भन्दा पहिले यसको मूल्य १५० रुपैयाँ थियो’, खानको कार्यकालमा महँगी बढेको आरोप लगाउँदै इस्लामाबादमा भेटिएका एक व्यक्तिले भने ।

खान अहिले यस्तो घेराबन्दीमा परेका छन् कि उनी निस्कन सायदै सम्भव छ। यी सबै समस्याको मूल कारण खानको वैदेशिक नीति नै मानिन्छ।

त्यसै सैलुनमा कपाल काट्न आएका अलि मालिकले पनि गत निर्वाचनमा खानको दललाई मत दिए पनि अहिले त्यो अवस्था नरहेको बताएका छन्। खानको नीतिको कारण त्यहाँका गरिब मर्कामा परेका छन्। अन्तर्राष्ट्रिय मामलामा अनुदार अभिव्यक्तिको कारण पनि खानको आलोचना त्यत्तिकै बढेको थियो।

महिलाको पहिरनका कारण बलात्कारका घटना बढेको अभिव्यक्ति दिँदै महिलाले कुनै पनि हालतमा पुरा शरीर ढाक्नै पर्ने अभिव्यक्ति टिभी अन्तरवार्तामा दिएपछि उनको आलोचना अन्तर्राष्ट्रिय क्षेत्रमा नै बढेको थियो। यसपछि उनको विरुद्धमा प्रदर्शन मात्र होइन हस्ताक्षर सङ्कलन पनि भएको थियो।

थुप्रै मानव अधिकारवादी सङ्गठनले खानको विरुद्धमा आवाज उठाएका थिए। उनको कार्यकालमा सडकमा बलात्कारका घटना भइ रहँदा खानले अपराधीलाई पक्रन कडा कानुनको व्यवस्थाको बदलामा यस खालको अभिव्यक्ति दिएकोमा धेरैको आपत्ति रहेको हो।

तीन दशक अगाडिदेखि पाकिस्तानी जनताका माझ अत्यन्त लोकप्रिय ती क्रिकेट स्टारको सिङ्गो जीवनलाई हेर्ने हो भने सन् १९९० को दशक र २००० को दशकमा उनी पाकिस्तानका लागि आदर्श पात्र थिए। सन् २०१८ मा सत्तासीन भएका उनको योजना र चाहना पनि सकारात्मक हुनसक्छ। यसका बाबजुद खराब अन्तर्राष्ट्रिय नीतिका कारण उनको राजनीतिक जीवन अहिले धरापमा परेको छ। यस बीचमा चिनियाँ र रुसी शक्तिको निकटता कारण उनको अवस्था अझै खराब बनेको छ। चिनियाँ ऋणको कारण पाकिस्तानको आर्थिक अवस्था तहसनहस छ। राज्यको सम्पत्तिमाथि नै चीनले धावा बोल्ने अवस्था छ।

अन्तर्राष्ट्रिय क्षेत्रको सहानुभूति पनि पाकिस्तानले गुमाउँदै गएको छ। खानका बारे अदालत, संसद् र जनमतबाट निर्णय होला। तर, उनले बढाएको रुस र चीनसँगको सामीप्यताको कारण बिग्रिएको पाकिस्तानको अवस्था कसरी सुध्रने हो ?

अहिले युक्रेनमा रुसले गरेको युद्धको कारण मानवताको माथि नै प्रहार मानिएको छ। रुसले गरेको आक्रमणपछि संसारका धेरै देशले युक्रेनी प्रति सद्भाव देखाएका छन्। यसै समयमा इमरान खान रुससँगको निकट सम्बन्धलाई अझ बढी गाढा बनाउने तल्लीन छन्। यसले अन्तर्राष्ट्रिय क्षेत्रको सहानुभूति पनि पाकिस्तानले गुमाउँदै गएको छ। खानका बारे अदालत, संसद् र जनमतबाट निर्णय होला। तर उनले बढाएको रुस र चीनसँगको सामीप्यताको कारण बिग्रिएको पाकिस्तानको अवस्था कसरी सुध्रने हो अनिश्चित नै छ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ६ : ४१ बजे

सुनसान‘ रिहार’ धाम

दाङ – पाँच सय वर्ष पुरानो मानिएको दाङको लमही नगरपालिका–९

पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन फेस्टिभल

काठमाडौं – पर्यटन राजधानी पोखरामा नेपालमै पहिलो पटक इन्टरनेशनल बलुन

ट्रेभिस हेडको शानदार शतकमा अस्ट्रेलिया विजयी : इंग्ल्यान्डविरुद्ध बनाए १५४ रन

लन्डन – ट्रेभिस हेडको शानदार शतकको सहयोगमा अस्ट्रेलियाले इंग्ल्यान्डसँगको पहिलो

मुस्ताङको पर्यटन विकासमा निषेधित क्षेत्रको तगारो

म्याग्दी – मुस्ताङको लोमान्थाङ गाउँपालिका-५ मा रहेको न्युतारा होटलका सञ्चालक

मनसुनी वायुको प्रभाव: दिउँसो देशभर आंशिकदेखि साधारणत बदली

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल