देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु | Khabarhub Khabarhub

देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । धनुषा, मोरङ, कास्की र सल्यानमा भएको सवारी दुर्घटनामा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोरङको केराबारी नगरपालिका–८ मा मंगलबार बिहान ट्रयाक्टरमा च्यापिएर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक केराबारी नगरपालिका–१० का १९ वर्षीय पिलिज बिक रहेका छन् ।

कास्कीको पोखरा महानगरपालिका–६ खहरेमा मंगलबार बिहान मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–१ का २० वर्षीय किशोर कठायत रहेका छन् ।

पोखरा स्थित गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा आज बिहान ४ बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ । कठायतले चलाएको बागमती प्रदेश ०२ ०२९ प ०९३७ नम्बरको मोटरसाईकल बिहान पौने ४ बजे अनियन्त्रित भएर पल्टिएको वडा प्रहरी कार्यालय बैदाम कास्कीले जनाएको छ ।

सल्यानको शारदा नगरपालिका–१ दारिमचौरमा मंगलबार बिहान बोलेरो जिप दुर्घटना हुँदा परिचालकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानिय १८ वर्षीय नारायण ओलि रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका ओलिको उपचारको क्रममा सल्यानस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । दारिमचौरबाट श्रीनगरतर्फ जाँदै गरेको भे १ ज ३३६ नम्बरको जिप आज बिहान ६ बजे अनियन्त्रित भई सडकबाट करिब १५ मिटर तल खसेको थियो ।

धनुषाको मिथिला नगरपालिका–११ बाहुनमारामा मंगलबार बिहान जिपको ठक्कटरबाट मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक रौतहट चन्द्रनिगाहपुर नगरपालिका–५ का ५६ वर्षीय शेर बहादुर राई रहेका छन् ।

काठमाडौँबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश १ ०२ ००२ च ५२६३ नम्बरको जिपले राई सवार ना ५२ प ५१३० नम्बरको मोटरसाइकललाई आज बिहान साढे ८ बजे ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  १ : ४२ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको