राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता « Khabarhub

स्थानीय तह निर्वाचन

राजनीतिक दलद्वारा आचारसंहिता पूर्ण पालना गर्ने प्रतिबद्धता


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने राजनीतिक दलले स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक नियम कानुनको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् ।

निर्वाचन आयोगले ती दलका प्रतिनिधिलाई आज आयोगमा आमन्त्रण गरी निर्वाचन आचारसंहितालगायत संविधान, ऐन र कानुनको पूर्ण पालना गर्ने प्रतिबद्धता जाहेर गर्न लगाएको हो ।

प्रतिबद्धता पत्रमा भनिएको छ, ‘नेपालको संविधान, निर्वाचन आयोग ऐन २०७३, राजनीतिक दलसम्बन्धी ऐन, २०७३, निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३, स्थानीय तह निर्वाचन ऐन, २०७३ र निर्वाचन आचारसंहिता २०७८ मा भएका विभिन्न प्रावधान इमान्दारिताका साथ पालना गर्न/गराउन प्रतिबद्ध छौँ ।’

दलका नेता तथा प्रतिनिधिले निर्वाचनका सन्दर्भमा आयोग, निर्वाचन अनुगमन समिति, निर्वाचन अधिकृत तथा मतदान अधिकृतले बोलाएका बखत अनिवार्यरुपमा उपस्थित हुने प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा दस्ताखतसमेत गरेका छन् ।

यसअघि प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको तयारीका लागि आयोगले तदारुकताका साथ काम गरिरहेको जानकारी दिँदै निर्वाचन आचारसंहिता कार्यान्वयन गर्ने सन्दर्भ निर्णय गर्नुअघि दलहरुबाट पूर्णपालनाको प्रतिबद्धता होस् भन्ने उद्देश्यले आमन्त्रण गरिएको बताए।

दुई वर्षअघि देखि नै राजनीतिक दल, नागरिक समाज र अन्य सरोकारबाला पक्षसँग छलफल र परामर्शका आधारमा आचारसंहिता तयार गरिएको बताउँदै उनले भने, “सबैको परामर्शमा आयोगले तयार गरेको आचारसंहितामा निर्वाचनमा सहभागी राजनीतिक दलबाट पूर्ण पालनाको प्रतिबद्धता होस् ।”

निर्वाचन आयुक्त रामप्रसाद थपलियाले निर्वाचनमा सहभागी हुने राजनीतिक दलबाट आचारसंहिता पालनाको सन्देश तल्लो तहसँग जाओस् भन्ने हेतुले प्रतिबद्धताका लागि अनुरोध गरिएको बताए।

प्रतिबद्ध पत्रमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लीलामणि पोखरेल, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारीणी समिति सदस्य प्रकाश अधिकारी, नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसाल, नेकपा (एमाले)का निर्वाचन विभागका सदस्य बाबुराम दाहाल लगायतका पार्टी नेता तथा प्रतिनिधिले प्रतिबद्धता पत्रमा दस्तखत गरे।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ३ : २० बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक