श्रीलंकामा सरकारको समर्थन गर्ने ४१ सांसदद्वारा सत्तारुढ गठबन्धन परित्याग « Khabarhub

श्रीलंकामा सरकारको समर्थन गर्ने ४१ सांसदद्वारा सत्तारुढ गठबन्धन परित्याग


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा सरकारको समर्थन गर्ने ४१ सांसद सत्ताधारी गठबन्धन छाडेका छन् । राष्ट्रपति गोताबाया राजपाक्षेको श्रीलंका पोदुजन पेरामुना पार्टीको नेतृत्वमा रहेको गठबन्धनमा सहभागी ४१ सांसद अब स्वतन्त्र सांसदको हैसियतमा मात्रै रहनेछन् ।

योसँगै हाल सरकारसँग संसद्‍मा बहुमत गुमेको बताइएको छ । २ सय २५ सिट रहेको संसद्‍मा सरकार बनाउन १ सय १३ सिट चाहिन्छ । ४१ सांसद स्वतन्त्र भएसँगै अब सरकारसँग बहुमत गुमेको छ ।

यद्यपि उनीहरुले स्वतन्त्र सांसदको हैसियतमा समेत सरकारको समर्थन गर्न सक्ने अनुमान गरिएको छ । उनीहरू सत्ताधारी गठबन्धनबाट बाहिरिएपनि विपक्षीको समर्थन नगरिसकेकाले प्रधानमन्त्री महिन्दा राजपाक्षेको नेतृत्वमा रहेको सरकारको भविष्यबारे अन्यौल उत्पन्न भएको बीबीसीले जनाएको छ ।

यद्यपि विपक्षीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको खण्डमा महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको पद गुमाउन सक्ने समेत अनुमान गरिएको छ । पछिल्लो समय उत्पन्न राजनीतिक संकटको समाधान गर्न राष्ट्रपति गोताबाया राजपाक्षसँग कुनै योजना नरहेको बताइएको छ ।

 यसअघि श्रीलंकाका २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपति राजपाक्षेले संसद्‍मा सहभागी सबै दलहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए ।

मुलुकमा आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको चरम अभाव चलिरहेका बेला श्रीलंकामा राजनीतिक संकट समेत थपिएको छ । जारी संकटबीच मुलुकका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन निरन्तर चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : १४ बजे

मेची भन्सार : ९ अर्ब ९२ करोड राजस्व असुली

झापा– मेची भन्सार कार्यालयले चालु आर्थिक वर्षको प्रथम सात महिनामा

‘युवाको आक्रोशलाई सम्मान गरौँ’

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले युवाको आक्रोशलाई सम्मान गर्नुपर्ने बताएकी

सुनको मुल्य ४ हजार ३ सय रुपैयाँले बढ्यो

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्यम वृद्धि भएको छ ।

राष्ट्र निर्माणमा एकजुट हुन कांग्रेस सभापति थापाको आह्वान

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले २०४६ सालको जनआन्दोलन

टुँडिखेलमा प्रजातन्त्र दिवस (फोटो फिचर)

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रजातन्त्र दिवस टुँडिखेलमा भव्य