श्रीलंकामा सरकारको समर्थन गर्ने ४१ सांसदद्वारा सत्तारुढ गठबन्धन परित्याग « Khabarhub

श्रीलंकामा सरकारको समर्थन गर्ने ४१ सांसदद्वारा सत्तारुढ गठबन्धन परित्याग


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– श्रीलंकामा सरकारको समर्थन गर्ने ४१ सांसद सत्ताधारी गठबन्धन छाडेका छन् । राष्ट्रपति गोताबाया राजपाक्षेको श्रीलंका पोदुजन पेरामुना पार्टीको नेतृत्वमा रहेको गठबन्धनमा सहभागी ४१ सांसद अब स्वतन्त्र सांसदको हैसियतमा मात्रै रहनेछन् ।

योसँगै हाल सरकारसँग संसद्‍मा बहुमत गुमेको बताइएको छ । २ सय २५ सिट रहेको संसद्‍मा सरकार बनाउन १ सय १३ सिट चाहिन्छ । ४१ सांसद स्वतन्त्र भएसँगै अब सरकारसँग बहुमत गुमेको छ ।

यद्यपि उनीहरुले स्वतन्त्र सांसदको हैसियतमा समेत सरकारको समर्थन गर्न सक्ने अनुमान गरिएको छ । उनीहरू सत्ताधारी गठबन्धनबाट बाहिरिएपनि विपक्षीको समर्थन नगरिसकेकाले प्रधानमन्त्री महिन्दा राजपाक्षेको नेतृत्वमा रहेको सरकारको भविष्यबारे अन्यौल उत्पन्न भएको बीबीसीले जनाएको छ ।

यद्यपि विपक्षीले प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको खण्डमा महिन्दा राजपाक्षेले प्रधानमन्त्रीको पद गुमाउन सक्ने समेत अनुमान गरिएको छ । पछिल्लो समय उत्पन्न राजनीतिक संकटको समाधान गर्न राष्ट्रपति गोताबाया राजपाक्षसँग कुनै योजना नरहेको बताइएको छ ।

 यसअघि श्रीलंकाका २६ जना मन्त्रीहरुले सामूहिक राजीनामा दिएका थिए । लगत्तै राष्ट्रपति राजपाक्षेले संसद्‍मा सहभागी सबै दलहरुलाई सरकारमा सहभागी हुन आह्वान गरेका थिए ।

मुलुकमा आर्थिक संकट एवम् अत्यावश्यक वस्तुको चरम अभाव चलिरहेका बेला श्रीलंकामा राजनीतिक संकट समेत थपिएको छ । जारी संकटबीच मुलुकका विभिन्न ठाउँमा हिंसात्मक प्रदर्शन निरन्तर चलिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : १४ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो