प्रेस काउन्सिलद्वारा ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण « Khabarhub

प्रेस काउन्सिलद्वारा ऋषि धमलालाई २४ घण्टे स्पष्टीकरण


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालले पत्रकार ऋषि धमलालाई विमान भित्रै रिपोर्टिङ गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको टोली औपचारिक भ्रमण पुरा गरी स्वदेश फर्कने क्रममा विमानबाटै रिपोर्टिङ गरेको विषयमा प्रेस काउन्सिलले धमलासँग स्पष्टीकरण मागेको हो। प्राइम टाइम टेलिभिजनका सञ्चालक समेत रहेका पत्रकार धमलाले विमान भित्रै रिपोर्टिङ गरेका भन्दै आलोचना भइरहेका बेला काउन्सिलले धमलाको रिर्पोटिङमा ध्यानाकर्षण भएको भन्दै २४ घण्टाभित्र जवाफ मागेको छ।

काउन्सिलले धमलालाई सुरक्षा संवेदनशीलतालाई नजरअन्दाज गरी बलजफ्ती निशेष गरिएको क्षेत्रमा प्रवेश गरी दृश्यसहित किन प्रत्यक्ष प्रसारण गर्नुपरेको हो र पत्रकारिता क्षेत्रको मर्यादा विश्वसनियता समेत नकरात्मक असर पार्ने कार्य के कसरी हुन गएको हो र पटक पटक किन गैर पेशागत कार्य भएको हो र २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न धमलालाई सूचित गरेको छ। स्पष्टीकरणमा पत्रमा पत्रकार धमलाले केही समय अघि बारको बैठक भित्रै प्रवेश गरि रिपोर्टिङ गरेको घटनालाई पनि नोटिस गरेको उल्लेख गरिएको छ।

खबरहबसंग कुराकानी गर्दै प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले सञ्चारमाध्यमको मर्यादा राख्न स्वयं पत्रकार नै सचेत हुनुपर्ने बताए, उनले हातमा बुम र क्यामेरा बोकेकै भरमा जहाँ पनि रिपोर्टिङ गर्न नपाइने बताउँदै सबै सञ्चारकर्मीले पत्रकार आचारसंहिताको दायराभित्र बसेर मर्यादित काम गर्न आग्रह गरे। बस्नेतले पत्रकारले शिष्ट र मर्यादित भई रिपोर्टिङ गर्दा जनविश्वास र पेशागत मर्यादा बाढ्नेतर्फ ध्यान दिनुपर्ने बताए। उनले पत्रकारबाट आचारसंहिता उल्लङ्घनका घटना रोक्न काउन्सिल सक्रिय रहने बताए।

 

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ४ : ३५ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग