पाकिस्तानी राजनीतिक संकटबारे रुसी टिप्पणी– अमेरिकाले अटेरी इमरानलाई सजाय दियो « Khabarhub

पाकिस्तानी राजनीतिक संकटबारे रुसी टिप्पणी– अमेरिकाले अटेरी इमरानलाई सजाय दियो


२२ चैत्र २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाले ‘अटेरी’ इमरान खानलाई सजाय दिएको रुसले टिप्पणी गरेको छ । रुसी विदेशमन्त्रालयकी प्रवक्ता मारिया जाखारोभाले पाकिस्तानी राष्ट्रपति आरिफ अल्भीले संसद् भंग गरेकोबारे आफूहरूले सूचना पाएको भन्दै अमेरिकाले पाकिस्तानी राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाएकी छिन् ।

‘यसै वर्षको फेब्रुअरी २३–२४ मा इमरान खानले मस्कोको भ्रमण गरेपछि अमेरिकी र पश्चिमा मुलुकहरूले प्रधानमन्त्रीमाथि अशोभनीय दबाब दिदै भ्रमण रद्द गर्न अल्टिमेटम दिएका थिए ।’ विज्ञप्तिमा जनाइएको छ ।

‘पाकिस्तानी मिडियाका अनुसार मार्च ७ का दिन पाकिस्तानी दूत असद मजिदसँगको कुराकानीका क्रममा शीर्षस्थ अमेरिकी अधिकारीले युक्रेनमा जारी संकटबारे पाकिस्तानी नेतृत्वको सन्तुलित प्रतिक्रियाको तीखो शब्दमा निन्दा गरेका थिए र इमरान खान सत्ताबाट हटेको खण्डमा मात्रै अमेरिकासँग साझेदारी सम्भव रहेको बताएका थिए ।’ जाखारोभाको विज्ञप्तिमा उल्लेख छ ।

उनले पाकिस्तानमा विकसित घटनाक्रमबाट अमेरिकाले ‘अटेरी’ इमरान खानलाई सजाय दिने निर्णय गरेकोमा कुनै शंका नरहेको समेत बताइन् ।

प्रकाशित मिति : २२ चैत्र २०७८, मंगलबार  ५ : २१ बजे

अर्थ तथा योजना समितिको वार्षिक प्रतिवेदन पेस

महेन्द्रनगर– मधेस प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष अर्थ तथा योजना समितिका

अमेरिका र इरानबीच ४५ दिने युद्धविराम प्रस्ताव

वासिङ्टन- इरान र संयुक्त राज्य अमेरिकाबीच तीव्र बन्दै गएको युद्धका

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक सेवा

धौलागिरि र अन्नपूर्ण आरोहण गर्न ४४ जनाले अनुमति लिए

म्याग्दी– चालु वसन्त याममा धौलागिरि र अन्नपूर्ण हिमाल आरोहणका लागि ४४

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी– लुम्बिनी प्रदेशसभाको सोमबार बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक राजनीति,