कोभिड १९ का नयाँ भेरियन्टका लागि पनि अहिलेकै खोप प्रभावकारी « Khabarhub

कोभिड १९ का नयाँ भेरियन्टका लागि पनि अहिलेकै खोप प्रभावकारी


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्व स्वास्थ्य संगठनले कोभिड १९ का अरु नयाँ भेरियन्टहरुलाई पनि अहिलेका कोभिड विरुद्धको खोपले नै काम गर्ने जनाएको छ ।

अहिले पछिल्ला समयमा अफ्रिका तथा अमेरिकामा पनि कोभिड १९ का नयाँ भेरियन्टहरु भेटिएका समाचारहरू आइरहेका बताइएको छ ।

ती नयाँ भेरियन्टहरुका विरुद्धमा पनि कोरोनाको खोप प्रभावकारी देखिएको विश्व स्वास्थ्य संगठनले जनाएको हो । संगठनले हालै गरेको अनुसन्धानबाट यो तथ्य पत्ता लागेको समाचारमा जनाइएको छ ।

यस्तै, विश्वमा कोभिड १९ का संक्रमितहरुका संख्या पनि घट्दै गएको पाइएको छ । गएको सन् २०२० को मार्चको तुलनामा अहिले विश्वमा कोभिड १९ का कारणले हुने गरेको मृत्युमा पनि निकै नै कमी आएको देखिएको छ ।

यो मृत्युदरमा भएको कमी पनि कोभिड १९ का विरुद्धको खोपकै कारण भएको संगठनको भनाइ छ । दक्षिण अफ्रिकाका वैज्ञानिकहरूले कोभिड १९ को ओमिक्रोन भेरियन्ट पत्ता लगाएका थिए । यस भेरियन्टको संक्रमण दर अरुको तुलनामा निकै नै बढी थियो ।

तर पनि सो भेरियन्टलाई पनि हाल प्रचलनमा रहेकै खोपले प्रभावकारी रुपमा काम गरिरहेको सो संगठनले जनाएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  १२ : ४८ बजे

हरितालिका : टिकटक र सेल्फीमय पशुपति परिसर 

काठमाडौँ – भाद्र शुक्ल तृतीयाका दिन मनाइने हरितालिका (तीज) पर्व

विद्यार्थीका सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गर्छौं : शिक्षामन्त्री पोखरेल

काठमाडौँ – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विद्यार्थी, शिक्षक, अभिभावक

भीएआरको गलत निर्णय: हाल्यान्डको विवादित गोललाई मान्यता दिइएको पुष्टि

म्यानचेस्टर – प्रिमियर लिगको म्याच रेफ्रीको नियामक निकाय (प्रो रेफ)

महाकवि देवकोटाको ६७औँ स्मृति दिवस मनाइँदै

काठमाडौँ – नेपाली साहित्यका विराट प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७

सरकारी भवनलाई बीमाको दायरामा ल्याउने तयारी

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेश मातहतका सरकारी भवनलाई बीमाको