युक्रेनी अधिकारी भन्छन्– ‘बेलारुसी फौजले रुसलाई साथ दिएपनि हामी तयार छौँ’ « Khabarhub

युक्रेनी अधिकारी भन्छन्– ‘बेलारुसी फौजले रुसलाई साथ दिएपनि हामी तयार छौँ’


२२ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बेलारुसी फौजले रुसलाई साथ दिएपनि आफूहरू तयार रहेको युक्रेनी अधिकारीले टिप्पणी गरेका छन् । युक्रेनी राष्ट्र सीमा सेवाका प्रवक्ताले बेलारुस पनि युक्रेनमा जारी युद्धमा सहभागी भएपनि आफूहरू तयार रहेको जनाएका हुन् ।

बेलारुसले ठूलो स्तरको सैनिक अभ्यास शुरु गरेको भन्ने समाचार सार्वजनिक भएसँगै युक्रेनको यस्तो प्रतिक्रिया आएको हो ।

‘कुनै पनि बेला रुसी महासंघले युक्रेनविरुद्ध बेलारुसको भूमि वा बेलारुस गणतन्त्रको सैन्य बल प्रयोग गर्न सक्छ भन्ने विषयलाई हामी अस्वीकार गर्न सक्दैनौँ ।’ युक्रेनको राष्ट्र सीमा सेवाका प्रवक्ता आन्द्रेई डेम्चेन्कोलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

‘त्यसैले हामी तयार छौँ ।’ उनले भने । साथै गत फेब्रुअरी २४ मा रुसले आक्रमण थालेयता बेलारुससँगको सीमामा पनि कडाइ गरिएको उनको भनाइ छ ।

त्यसबेला रुसले बेलारुसको भूभाग प्रयोग गरी उत्तरी युक्रेनमा आक्रमण गरेको थियो । यद्यपि पछिल्लो समय रुसले उत्तरी युक्रेनबाट आफ्ना सैनिकलाई पूर्वी एवम् दक्षिणी युक्रेनतर्फ स्थानान्तरण गरेको बताइएको छ ।

यसबाहेक युक्रेनले रुस समर्थित पृथकतावादीको कब्जामा रहेको पूर्वी मोल्दोभाको ड्निस्टर नदी पारीको ‘ट्रान्सनिस्ट्रया’ क्षेत्रसँगको सीमामा पनि कडाइ गरेको उनले जानकारी दिए । केही समयअघि सो क्षेत्रमा श्रृङ्खलाबद्ध आक्रमण भएयता तनाव बढेको बताइन्छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहिबार  २ : ५० बजे

एनएमबि बैंक र भिजाबीच ‘भिजा डाइरेक्ट टू एकाउन्ट’ सेवाका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले भिजासँग ’भिजा डाइरेक्ट टू एकाउन्ट सेवाका लागि

मेची करिडोरको ठेक्का रद्द

काठमाडौं– मेची करिडोर (केचना–कञ्चनजङ्घा सडक) अन्तर्गत बेलासे–गोलाखर्क भञ्ज्याङको ९.५ किलोमिटर सडक

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ भने चाँदीको

क्रिकेटको रोमाञ्चसँगै आर्य फार्माल्याबको स्वास्थ्य साझेदार !

काठमाडौं– आर्य फार्माल्याब र नेपाल क्रिकेट संघ (क्यान) बीच तीन

आधुनिकतासँगै हराउँदै काठका सामग्री प्रयोग गर्ने चलन

भोजपुर– आधुनिक सामग्रीको प्रयोग बढ्दै गएपछि भोजपुरका गाउँघरमा परम्परागत काठका