क्लब प्लाटिनममा आस्थाले गाउने  « Khabarhub

क्लब प्लाटिनममा आस्थाले गाउने 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउड गायिका आस्था गिलले क्लब प्लाटिनममा गीत सुनाउने भएकी छिन् । 

उनले आउँदो शनिबार अर्थात वैशाख २४ गते काठमाडौँ ‘आस्था गिल लाइभ’ नामक कन्सर्ट गर्न लागेकी हुन् । दरबारमार्गस्थित क्लबप्लाटिनममा हुने  ‘आस्था गिल लाइभ’ कार्यक्रममा उनले आफ्नो बउिडका हिट गीत ‘ पानी पानी हो गई, ‘ डिजेवाले बाबु’,  ‘अभी तो पार्टी सुरु हुई है’, ‘नागिन दिन गिन गिन’, ‘कमरिया’ लगायतका दर्जन बढी हिट गीत प्रस्तुत गर्नेछिन् ।

फिल्म ‘फग्ली’ को पार्टी सङ ‘ढुप चिक’ बाट बलिउडको पाश्र्व गायनमा पाइला चालेकी आस्थाका ‘अभि तो पार्टी सुरु हुई है’, ‘डिजे वाला बाबु’, ‘बज’, ‘नागिन’, ‘ह्याप्पी ह्याप्पी’, ‘कमरिया’ लगायत थुप्रै गीत हिट छन् । उनी स्टन्ट बेस्ड रियालिटी सो ‘फियर फ्याक्टरः खतरों कि खेलाडी ११’ को प्रतिस्पर्धी पनि हुन् ।

युहान इन्टरनेसनल इभेन्ट, फेलिज, एमी इन्टरटेनमेन्ट र क्लब प्लाटिनमले संयुक्त रुपमा आयोजना हुन लागेको कार्यक्रमको उदेश्य दर्शकलाई सांगीति मनोरन्जन दिने र नपालमा कोरोना हटिसकेको सन्देश दिने रहेको आयोजन संस्थाका सानु खानले बताए । 

आस्थालाई सुन्नलाई साधारणले १ हजार र भीआइपीले २ हजार  तिर्नुपर्नेछ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  २ : २५ बजे

ट्रक दुर्घटना हुँदा आठ लाख बराबरको स्याउमा क्षति

जुम्ला – जुम्लाबाट स्याउ बोकेर सुर्खेततर्फ जाँदै गरेको मालवाहक ट्रक

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६

आज २०८३ साल असोज ६ गते मंगलबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ६ गते मंगलबार सन् २०२६