विवादमा तानिए रमेश « Khabarhub

विवादमा तानिए रमेश


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– केही समय यता कलाकार पल शाह र नाबालिग बीचको प्रकरणले छलफलमा स्थान पाउने गरेको छ ।

 चियागफ होस् या अन्य यो विषयले केही मात्रमा स्थान पाएर छलफल हुने गर्दछ । अदालतमा विचाराधीन मुद्दा भएकाले पछिल्लो समय यस विषयमा धेरैले बोल्न छाडेका छन् । यद्यपि नाबालिगले बयान फेरेपछि पुनः यसले चर्चाको विषय पाएको थियो । यद्यपि पछिल्लो समय यस विषयमा अभिनेता रमेश उप्रेतीले बोलेपछि चर्चा भइरहेको छ । 

उनले एक अन्तरवार्ताको क्रममा यस विषयमा बोले । केही समय अगाडि मात्र पललाई भेट्न उनी तनहुँ स्थित कारागार नै पुगेका थिए । त्यहाँ पुगेर उनले भेटेको जानकारी गराएका थिएनन् । तर, नाबालिगले जाहेरीमा दिएको बयान बकपत्रमा फेरेपछि रमेशले सामाजिक सञ्जाल मार्फत भेटघाट भएको स्वीकारेका हुन् । त्यसयता पलको पक्षमा वकालत गर्दै आइरहेका रमेशले आफूले बोल्ने शब्दको अर्थ के हुन्छ भन्ने कुराको हेक्का नराख्दा  विवाद निम्त्याएका छन् । 

समाजका मार्गदर्शक मानिने कलाकारहरूले गम्भीर विषयमा समेत हलुका अभिव्यक्ति दिँदाको परिणाम अहिले रमेशले भोगिरहेका छन् । ‘बलात्कार हुने बितिक्कै कराउनु र चिच्याउनु पर्‍यो या भोलिपल्टै पुलिसमा गएर उजुरी दिनुपर्छ । एक वर्षपछि उजुरी दिएर हुँदैन । अनि, हरेक ठाउँमा बलात्कार हुँदैन । एक ठाउँमा भएपछि भयो । कुरा मिल्दा चमत्कार, नमिल्दा बलात्कार भन्नु राम्रो होइन ’ रमेशले बोलेको यही संवादले उनलाई विवादमा ल्याएको छ ।

उनले नाबालिगसँगको सम्बन्ध बलात्कार नभएको दाबी गर्दै अगाडि भनेका छन्, ‘उनीहरुबीच सम्बन्ध भयो होला तर बारबार बलात्कार हुँदै हुँदैन । यो कुरामा म क्लियर छु । पल पीडक हुँदै होइन । उसले त्यति ठूलो क्राइम गरेकै होइन । तर, कहिले काहीँ राम्रो मान्छेले पनि परीक्षा दिनुपर्छ ।’ पल निर्दोष रहेको दलिल पेश गरेपछि धेरैले रमेशको चेतनास्तर र मानसिकतामाथि प्रश्न उठाएका छन् । 

लेखक शान बस्न्यातले आफू पनि रमेशसँगै यही उद्योगबाट रहेकोमा लज्जा बोध भएको उल्लेख गरेका छन् । अभिनेत्री स्वस्तिमा खड्काले रमेश उप्रेतीले बलात्कारबारे दिएको अभिव्यक्तिको भिडियो क्लिप इन्स्टाग्राम स्टोरीमा सेयर गर्दै उनको यो बोलीलाई नेपालका अधिकांश मानिसहरुको मानसिकता र रवैयाको संज्ञा दिएकी छन् । अर्की अभिनेत्री बेनिशा हमालले ‘के बोलेको’ भन्दै रमेश उप्रेतीलाई प्रश्न गरेकी छन् । यी सेलेब्ससँगै सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले रमेशको चेतनामा प्रश्न उठाएका छन् । 

अदालतमा विचाराधीन मुद्दाको विषयमा नेशनल स्तरीय टेलिभिजनमा दिएको अभिव्यक्ति गैरजिम्मेवार र संवेदनहीन देखिन्छ । समाजलाई सही दिशामा डोर्‍याउने कलाकारले नै बलात्कारको घटनालाई  ‘मन मिले चमत्कार, नमिले बलात्कार’ को रुपमा परिभाषित गर्नु विडम्बना हो । रमेशले यो घटना बाहिर आउँदा पनि भेटघाटको क्रममा यसै प्रकारका विचारहरु प्रवाह गर्ने गरेका थिए । तर, नाबालिग स्वयम्ले बयान फेरेपछि सार्वजनिक रुपमै उनले टेलिभिजनमा यस किसिमको गैरजिम्मेवार अभिव्यक्ति दिने आट गरेका हुन् । 

केही समय अगाडि पलको बचाउमा अभिनेत्री पूजा शर्माले पनि नाबालिगको कपडा च्यातेको भए बलात्कार हुने भनाइ राखेपछि विवादमा तनिएकी थिइन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ३ : २३ बजे

सशस्त्र प्रहरीलाई सीमा सुरक्षामा थप जिम्मेवार बन्न महानिरीक्षकको निर्देशन

कपिलवस्तु – सशस्त्र प्रहरी बल नेपाल नं ५ विन्ध्यवासिनी बाहिनी

व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देश र जनताका लागि केन्द्रित हुनुपर्छ : अध्यक्ष बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सत्तामा

खोरसोरमा पर्यटकको आकर्षण : ‘गोविन्दे’ र ‘रोनाल्डो’ को रजगज

नारायणगढ – पर्यटकीय दृष्टिकोणले ‘अफसिजन’ (बेमौसम) मानिने वर्षातको समयमा पनि

भदौरे वर्षातले धानबालीलाई राहत

महोत्तरी – भदौरे वर्षातले महोत्तरीमा धानबालीलाई राहत मिलेको छ ।

पार्टी पुनर्गठनको हल्ला बेमौसमी बाजा र अध्यक्षबाट मलाई हटाउने षड्यन्त्र हो : ओली

काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टी पुनर्गठनको