इराकमा बालुवाको आँधी, सास फेर्न समस्या आएपछि १ हजारभन्दा धेरै अस्पताल भर्ना « Khabarhub

इराकमा बालुवाको आँधी, सास फेर्न समस्या आएपछि १ हजारभन्दा धेरै अस्पताल भर्ना


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– इराकमा बालुवाको आँधी आउँदा १ हजार जनाभन्दा धेरै अस्पताल भर्ना भएका छन् । बालुवाको आँधीका कारण श्वास प्रश्वासमा समस्या देखिएपछि १ हजार भन्दा धेरै अस्पताल भर्ना भएको कतारी टेलिभिजन च्यानल अल जजीराको अनलाइन संस्करणले जनाएको छ ।

राजधानी बगदाद र पश्चिममा रहेको अनबरसहित इराकका १८ मध्ये ६ प्रान्त बालुवाको आँधीबाट प्रभावित भएको जनाइएको छ ।

अनबर प्रान्तमा मात्रै श्वास प्रश्वासमा समस्या देखिएका ७ सय जना अस्पताल भर्ना भएको स्वास्थ्य अधिकारी अनस कइसलाई उद्धृत गर्दै अल जजीराले जनाएको छ । त्यस्तै, सलाहद्दिन प्रान्तमा अरु ३ सय जना अस्पताल भर्ना भएका छन् ।

यसबाहेक दिवानिया, नजाफ र अन्य केही प्रान्तमा पनि सयौँ मानिसहरु अस्पताल भर्ना भएको जनाइएको छ ।

पछिल्लो महिनामा इराकमा आएको यो सातौँ बालुवाको आँधी हो । बिहीबार सबेरै इराकको विशाल क्षेत्रमा चलेको तीव्र हावाले मरुभूमिबाट बालुवा उडाएको र यसबाट आकाश नै बालुवाले ढाकिदिएको अल जजीराले जनाएको छ ।

अनबरकिर्कुक प्रान्तका अधिकारीहरुले मानिसहरुलाई घरभित्रै बस्न आह्वान गरेका छन् ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : १५ बजे

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

विशेष महाधिवेशनको बीचमा कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै : के छन् एजेन्डा ?

काठमाडौं – नेपाली कांग्रेस संस्थापन पक्षले केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

बार्सिलोनासँग हारेसँगै रियल म्याड्रिडले प्रशिक्षक जाबीलाई हटायो

म्याड्रिड- स्पेनिस क्लब रियल म्याड्रिडले प्रमुख प्रशिक्षक जाबी अलोन्सोलाई बर्खास्त

बंगलादेशले भारतमै टी-२० विश्वकप खेल्नुपर्ने, आईसीसीले गर्‍यो नयाँ प्रस्ताव अस्वीकार

ढाका- अन्तर्राष्ट्रिय क्रिकेट परिषद्ले बंगलादेश क्रिकेट बोर्डले माग गरेको टी-२०

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौं – आज २०८२ साल पुस २९ गते मंगलबार तदनुसार