ओटीटीमा आउँदै ‘कफी वीथ करण’ को नयाँ सिजन  « Khabarhub

ओटीटीमा आउँदै ‘कफी वीथ करण’ को नयाँ सिजन 


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडका सुप्रसिद्ध निर्माता तथा निर्देशक करण जोहरले १९ वर्षदेखि सञ्चालन गर्दै आइरहेको टेलिभिजन शो ‘कफी वीथ करण’ सदाको बन्द भएको घोषणा गरे ।

उनको घोषणाले सम्पूर्णलाई आश्चर्यमा पार्यो । केही समय अगाडि मात्र नयाँ सिजन र पाहुनाको चर्चाकै बीच सो नै बन्द हुने घोषणा अपत्यारिलो थियो । स्टार वर्ल्ड इन्डियाले नोभेम्बर १९,२००४ मा कफी वीथ करणको पहिलो एपिसोड प्रिमियर गरेको थियो । करण जोहरले आयोजना गरेका यो शो को सिजन–६ को अन्तिम एपिसोड मार्च १७, २०१९ मा प्रसारित भएको थियो । 

करण आफैँले सामाजिक सञ्जाल टक सो ‘कफी वीथ करण’ को नयाँ सिजन ओटीटीमा ल्याउने घोषणा गरेका छन् । उनले डिज्नी प्लस हटस्टारमा ‘कफी वीथ करण’ को नयाँ सिजन आउने घोषणा गरेका छन् । ‘हरेक कथामा ट्वीस्टको आवश्यकता हुन्छ । त्यसैले नयाँ सिजन ७ लाई ओटीटीमा ल्याउँदै छौँ’ करणले लेखेका छन् । उनले पुरानै रमाइलो छिटै फर्किने समेत उल्लेख गरेका छन् । 

सिजन–७ मा नव विवाहित रणवीर कपूर र आलिया भट्ट शो मा पहिलो अतिथि हुने अपेक्षा गरिएको छ ।

No description available.

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ४ : २३ बजे

चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी

चितवन– फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

६ पूर्वस्वास्थ्यमन्त्री चुनावी मैदानमा, कसले कहाँबाट दिए उम्मेदवारी ? 

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचन

आबे हत्या प्रकरणमा आजीवन सजाय

एजेन्सी – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको हत्या प्रकरणमा दोषी ठहर

काठमाडौं–४ उम्मेदवार सचिन तिमिल्सिनाले भेटे गगनलाई

काठमाडौं– आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर ४ बाट

परिष्कृत कांग्रेसमार्फत देश निर्माणमा प्रतिबद्धता छौँ : सभापति थापा 

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफूहरूले परिष्कृत राजनीति गरेको