बैतडीमा निर्वाचन आचारसंहिताको उल्लंघन « Khabarhub

बैतडीमा निर्वाचन आचारसंहिताको उल्लंघन


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी– आगामी ३० वैशाखमा स्थानीयतहको निर्वाचन हुँदैछ । निर्वाचनका लागि आचारसंहिता जारी गरिए पनि कतिपय ठाउँमा आचारसंहिता उल्लंघन भइरहेको छ । 

निर्वाचन आचारसंहितामा प्रचार सामग्रीका लागि प्रयोग गर्न नहुने कुराहरूको प्रयोग गरेको पाइएको छ भने, स्थायी शिक्षक र केही कर्मचारीहरू चुनावी प्रचारमा दैनिक खटिएको पाइन्छ ।

राजनीतिक दलहरू ठूलो आवाजमा अडियो सामग्रीहरू डिजेमा घन्काउँदै आफ्ना उम्मेदवारको प्रचार गरिरहेको जताततै देखिन्छ । सर्व साधारणका लागि यात्रा गर्न गाडी पाउनै मुस्किल छ । प्रचारप्रसारका गाडीहरूका छतमा भरेर मान्छेहरू बोक्ने गरिएको छ । 

केही दलले चुनाव चिह्न अंकित लोगोहरू वितरण गरी प्रयोग गरिरहेकाछन् । यसैगरी बालबालिकालाई समेत चुनावको प्रचारमा खटाएको देखिन्छ ।

दशरथचन्द नगरपालिका वडा नम्बर १ स्थित मणिलेक माध्यमिक विद्यालयका शिक्षक हरिकृष्ण भट्ट नेपाली कांग्रेसको चुनावी प्रचारमा खटिएको भन्दै विपक्षी दलले आलोचना गरेकाछन् । 

यसअघि दोगडाकेदार गाउँपालिका वडा नम्बर ३ मा वडाध्यक्षका उम्मेदवार दिनेश भट्टले भारतीय नम्बरको गाडी प्रचारमा प्रयोग गरेको भन्दै आलोचना भएको थियो । 

यस निर्वाचनमा विगतका निर्वाचनको जस्तो ठूला ब्यानर, टोपी तथा भेष्टको प्रयोग भने घटेको पाइएको छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ५ : ४६ बजे

बाढीपीडितलाई मोड्युलर आवासको तयारी, ६० प्रतिशतले रोजे भाडामा बस्ने विकल्प

काठमाडौं । रसुवा बाढीबाट प्रभावित नागरिकका लागि सरकारले अस्थायी आवास

कांग्रेस १५औँ महाधिवेशन : ६३ जिल्लाको वडा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत ६३ जिल्लाको वडा अधिवेशन

६३ जिल्लामा कांग्रेस वडा अधिवेशन सम्पन्न

काठमाडौं । नेपाली कांग्रेको वडा अधिवेशन ६३ जिल्लामा सम्पन्न भएको

बाढीले बगाएका लकरका धनी खोज्दै प्रहरी

नुवाकोट । भोटेकोशी र त्रिशूलीको बाढीले बगाएर ल्याएका नुवाकोट र

भोटेकोशी बाढीले पर्यटन क्षेत्रमा ५२ अर्ब  बढीको क्षति

काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढी र त्यसपछिको