रिपोर्ट भन्छ– ‘अफगानिस्तानमा अल्पसङ्ख्यकको सुरक्षा गर्ने तालिबानको वाचा असफल बन्दै’ « Khabarhub

रिपोर्ट भन्छ– ‘अफगानिस्तानमा अल्पसङ्ख्यकको सुरक्षा गर्ने तालिबानको वाचा असफल बन्दै’


२२ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अल्पसङ्ख्यकहरूलाई लक्षित गरी पछिल्लो समय आक्रमणहरू हुन थालेपछि अफगानिस्तानको शासन चलाइरहेको तालिबानले चर्को आलोचना खेप्न थालेको छ ।

गत वर्षको अगष्ट महिनामा अफगानिस्तानको सत्ता कब्जा गर्ने बेला तालिबानले अल्पसङ्ख्यकहरूको सुरक्षा गर्ने बाचा गरेको थियो । यद्यपि पछिल्लो समय अल्पसङ्ख्यकहरूलाई लक्षित गरी आक्रमणहरू बढ्दै जाँदा तालिबान उक्त वाचाप्रति उदासिन देखिएको फ्रन्टियर पोष्टले जनाएको छ ।

पछिल्ला केही सातामा अफगानिस्तानमा भएका आतंककारी आक्रमणमा केटाकेटीसहित ७७ जनाभन्दा धेरैको मृत्यु भएको छ । यस्ता आतंककारी आक्रमणले उसैपनि आर्थिक एवम् मानवीय संकट झेलिरहेको अफगानिस्तानलाई अझ अस्थिर बनाउने चिन्ता उत्पन्न भएको फ्रन्टियर पोष्टको टिप्पणी छ ।

पछिल्ला केही सातामा खासगरी धार्मिक एवम् साम्प्रदायिक अल्पसङ्ख्यकहरूको बाक्लो बस्ती रहेको इलाकामा विद्यालय, मस्जिद, खुला बजारजस्ता सार्वजनिक क्षेत्रलाई लक्षित गरी आक्रमण हुँदै आएका छन् ।

पछिल्ला आक्रमणहरूबाट या त अफगानिस्तानको सुरक्षा अवस्थामा तालिबानको नियन्त्रण नै नभएको वा अल्पसङ्ख्यकबारे तालिबानको उदासिनता देखिएको उक्त अखबारको टिप्पणी छ ।

प्रकाशित मिति : २२ बैशाख २०७९, बिहीबार  ७ : ३४ बजे

अमेरिका र इजरायलको तनाव बढाउने इरानका यी हतियार

काठमाडौं- अमेरिका–इजरायल र इरानबीचको युद्ध जारी छ । युद्धरत पक्ष

मध्यपूर्व संकट : नागरिक पूर्वाधार लक्ष्यमा

एजेन्सी– कतारले मंगलबार आफ्नो राजधानी दोहामा मिसाइल आक्रमण रोकिएको घोषणा

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते