हलिउडबाट प्रभावित आमिर खानका यी १० फिल्म « Khabarhub

हलिउडबाट प्रभावित आमिर खानका यी १० फिल्म


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– अभिनेता आमिर खान हालका दिनमा फिल्म ‘लाल सिंह चड्डा’लाई लिएर चर्चामा छन् । सन् २०१८ पछि उनी अभिनित यो फिल्म रिलिज हुँदैछ । फिल्मका कारण आमिर विवादमा पनि तानिएका छन् । उनको फिल्म बहिस्कारको माग उठिरहेको छ ।

आमिरको फिल्म ‘लाल सिंह चड्डा’ हलिउड फिल्म ‘फरेस्ट गम्प’को हिन्दी रिमेक हो । त्यसो त उनी अभिनित यो फिल्म मात्र होइन, करीब १२ फिल्म हलिउडका रिमेक हुन् ।

९० को दशकमा आमिरले वर्षमा धेरै फिल्ममा अभिनय गरे । तर सन् २००० पछि उनले वर्षमा एकमात्र फिल्ममा अभिनय गर्ने निर्णय लिए ।

उनले अभिनय गरेको ‘जो जिता वही सिकन्दर’देखि लिएर ‘गजनी’सम्म आइपुग्दाका फिल्म हलिउडको रिमेक नै हुन् ।

दिल है कि मानता नही

महेश भट्ट निर्देशित यो फिल्ममा आमिर र पुजा भट्टको जोडीले अभिनय गरेका छन् । यो फिल्म सन् १९३४ को हलिउड फिल्म ‘इट ह्यापेन्ड वान नाइट’को हिन्दी रिमेक हो ।

जो जीता वही सिकन्दर

आमिर खानको करियर बनाएका फिल्ममध्ये यो पनि एक हो । यो फिल्मलाई दर्शकले निकै रुचाएका थिए । यो हलिउड फिल्म ‘ब्रेकिङ अवे’बाट प्रभवित थियो । यसको हिन्दी रिमेकको निर्देशन मंसूर खानले गरेका थिए । फिल्ममा दीपक तिजोरी, आयशा जुल्का र पूजा बेदीको पनि अभिनय थियो ।

हम हैं राही प्यार के

यो फिल्मको निर्देशन महेश भट्टले गरेका थिए । आमिर खान, जुही चावलाको अभिनय रहेको यो फिल्म सन् १९८५ मा रिलिज हलिउड फिल्म ‘हाउस बोट’को हिन्दी रिमेक हो ।

बाजी

यो फिल्मलाई आशुतोष गोवारिकरले निर्देशन गरेका हुन् । हलिउड फिल्म ‘डाई हार्ड’बाट प्रभावित यो फिल्ममा ममता कुलकर्णी, परेश रावल, आशीष विद्यार्थी र मुकेश ऋषिको अभिनय थियो ।

आतंक ही आतंक

यो फिल्म सन् १९७२ मा रिलिज फिल्म ‘गडफादर’को रिमेक थियो । दिलिप शंकरको निर्देशन रहेको फिल्ममा आमिर र रजनीकान्त प्रमुख भूमिकामा थिए ।

अकेले हम अकेले तुम

यो फिल्म सन् १९७९ को अवार्ड विजेता हलिउड फिल्म ‘क्रामर भर्सेस क्रामर’को हिन्दी रिमेक हो । यसमा मनीषा कोइरालाको पनि अभिनय थियो ।

मन

आमिर खान र मनीषा कोइरालाको फिल्म मनलाई दर्शकले निकै मनपराए । इन्द्र कुमारको निर्देशन रहेको यो फिल्ममा अनिल कपुरको पनि अभिनय थियो । यो फिल्म सन् १९५७ मा रिलिज हलिउड फिल्म ‘एन अफेयर टु रिमेम्बर’बाट हुबहु प्रभावित थियो ।

रंग दे बसन्ती

यो फिल्म हेर्दा दर्शकलाई हलिउड फिल्म ‘जेसस अफ मोन्टरियल’को सम्झना गराउँथ्यो । राकेश ओमप्रकाश मेहरा निर्देशित फिल्म सन् १९४८ मा रिलि हलिउड फिल्म ‘अल माइ सन्स’बाट पनि प्रभावित थियो ।

फना

यो फिल्ममा आमिर र काजोलको अभिनय थियो । फिल्मको सेकेण्ड हाफ सन् १९८१ मा रिलिज फिल्म ‘आइ अफ द निडल’ र सन् १९९९ को कोरियन फिल्म ‘शिरी’सँग मिल्दो जुल्दो थियो ।

धूम ३

फिल्म ‘धुम’को तेस्रो सिरिज ‘धुम ३’ क्रिस्टोफर नोलानको सन् २००६ मा रिलिज फिल्म ‘द प्रेस्टिज’बाट प्रभावित थियो ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १२ : १७ बजे

कांग्रेसको विशेष महाधिवेशन : उम्मेदवारको मनोनयन दर्ता बुधबार बिहान हुने

काठमाडाैं – नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत हुने केन्द्रीय कार्यसमितिको निर्वाचनका

फागुन २१ को निर्वाचन देशभर एकै चरणमा हुन्छ : गृहमन्त्री अर्याल

सप्तरी – गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने

अवैध अन्तरराष्ट्रिय कल बाइपासमा संलग्न सात चिनियाँ पक्राउ

काठमाडौं – अवैध अन्तरराष्ट्रिय कल बाइपासमा प्रयोग गरिएका उपकरणसहित सात

बुधबारदेखि राष्ट्रिय लिग फुटबल सुरु हुँदै

काठमाडौं – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आयोजनामा बुधबारदेखि काठमाडौंमा

विशेष महाधिवेशनबाट पार्टी झनै बलियो हुन्छ : महामन्त्री शर्मा

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनबाट पार्टी