क्यानले बोलायो महिला क्रिकेटका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा « Khabarhub

क्यानले बोलायो महिला क्रिकेटका १९ खेलाडीलाई बन्द प्रशिक्षणमा


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – एसीसी महिला टी-२० च्याम्पियनसिपका लागि नेपाल क्रिकेट संघ (क्यान) ले १९ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ।

शनिबार प्रतियोगिताको तयारी लागि क्यानले पहिलो चरणमा १९ खेलाडी बन्द प्रशिक्षणमा बोलाएको हो । १९ खेलाडीमध्ये १५ खेलाडी राष्ट्रिय टिममा छनोट हुने क्यानले जनाएको छ ।

च्याम्पियनसिपको समूह ‘बी’ मा नेपालसँगै हङकङ, कुवेत, भुटान र बहराइन छन् ।

मलेसियामा हुने प्रतियोगितामा नेपालले जुन १७ मा भुटानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । यस्तै, नेपालले दोस्रो खेल कुवेतविरुद्ध जुन १८ मा खेल्दा जुन २० मा बहराइनविरुद्ध तेस्रो र जुन २१ मा हङकङविरुद्ध खेल्ने तालिका छ ।

बन्द प्रशिक्षणमा डाकिएका खेलाडीः
रुविना क्षेत्री, इन्दु वर्मा, सीता रानामगर, ज्योती पाण्डे, काजोल श्रेष्ठ, कविता कुवर, अप्सरी बेगम, कविता जोशी, डोली भट्ट, सबनम राई, सरिता मगर, रोमा थापा, संगिता राई, अस्मिना कर्माचार्य, मनिषा उपाध्याय, विन्दु रावल, ममता चौधरी, रेखा रावल, इश्वरी विष्ट

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : ५२ बजे

पदभार ग्रहण गर्दै महान्यायाधिवक्ता कँडेलले भने- कानुनको सीमाभित्र रहेर काम गर्छु 

काठमाडौं– नवनियुक्त महान्यायाधिवक्ता डा. नारायणदत्त कँडेलले पदभार ग्रहण गरेका छन्

रास्वपा महामन्त्री बुर्लाकोटीलाई प्रश्न : सय बुँदे वाचापत्र कसरी कार्यान्वयन हुन्छ ?

काठमाडौं- सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीलाई पार्टीले

रत्ननगरले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने

चितवन– रत्ननगर नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको

कोशी प्रदेशसभा बैठक : भौतिक संरचना निर्माणका लागि बजेट विनियोजन गर्न माग

विराटनगर– कोशी प्रदेशसभाको आज बसेको बैठकमा विशेष समयमा नेपाल कम्युनिष्ट