अमेरिकाको आकर्षक पौडी पुस्ता | Khabarhub Khabarhub

अमेरिकाको आकर्षक पौडी पुस्ता


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

क्यानडाकी १५ वर्षीय स्टार पौडीबाज समर म्याकन्टोस ४ सय मिटर व्यक्तिगत मेड्लीमा संसारकै शीर्ष वरीयताको खेलाडीको रूपमा रहेकी छन्। यसै महिनाको अन्त्यमा हंगेरीको बुढापेस्टमा फिना विश्व पौडी च्याम्पियनसीप आयोजना हुँदै छ। त्यो पौडी च्याम्पियनसीपमा उनी एक हेर्न लायक खेलाडी हुनेछिन्।

त्यसो त अमेरिकी १६ वर्षीय केटी ग्रीम्स म्याकन्टोसको एउटा मुख्य प्रतिद्वन्द्वीको रूपमा सहभागी हुनेछिन्। म्याकन्टोस र ग्रीम्स दुवै आशन्न विश्व च्याम्पियनसीपमा हेर्न लायक खेलाडी हुन्। यी दुवै लामो दूरीका पौडीबाज हुन्। दुवै भर्सटाइल छन्। यस समानता बाबजुद यी दुईमा केही भिन्नता पक्कै छ।

अमेरिकी १६ वर्षीय केटी ग्रीम्स म्याकन्टोसको एउटा मुख्य प्रतिद्वन्द्वीको रूपमा सहभागी हुनेछिन्। म्याकन्टोस र ग्रीम्स दुवै आशन्न विश्व च्याम्पियनसीपमा हेर्न लायक खेलाडी हुन्। यी दुवै लामो दूरीका पौडीबाज हुन्। दुवै भर्सटाइल छन्।

म्याकन्टोसको मुख्य इभेन्ट चार सय मिटर व्यक्तिगत मेड्ली हो। यो वर्ष ४ मिनेट ३० सेकेन्ड भन्दा कम समयमा सो दूरी पुरा गरिसकेका उनले आफ्नो स्वाभाविक प्रदर्शन गरे मात्र पनि विश्व च्याम्पियनसीपमा स्वर्ण पदक निश्चित मानिन्छ।

त्यसैगरी, २ सय मिटर बटरफ्लाइमा पनि उनी स्वर्ण पदकको दाबेदार हुन्। १५ वर्षकै उमेरमा विश्व च्याम्पियनसीपमा दुई व्यक्तिगत स्वर्ण जित्ने अभूतपूर्व सफलताको बाटोमा अहिले उनी लम्किरहेकी छिन्। यो भएमा क्यानडाको पौडी इतिहासमा विश्व च्याम्पियनसीपमा दुई व्यक्तिगत स्वर्ण पदक जित्ने खेलाडी बन्नेछन्। पछिल्लो दशक पौडीको महिला स्पर्धामा एकपछि अर्को उचाइ पाउँदै आएको क्यानडाको हकमा म्याकन्टोसको कारण चार गुणा दुई सय मिटर फ्रिस्टाइलमा बलियो मानिएका अस्ट्रेलिया र चीनलाई चुनौती दिने आधार पनि तयार भएको छ।

४ सय मिटर फ्रिस्टाइलमा म्याकन्टोस त्यत्तिकै राम्रो खेलाडी हुन्। तथापि त्यस स्पर्धामा अस्ट्रेलियाकी केलि म्याककोनले गत साता विश्व कीर्तिमान कायम गरेकी छिन्। नि सन्देश उनी विश्व च्याम्पियनसीपको पनि मुख्य दाबेदार हुन्। पूर्वविश्व कीर्तिमान धारी केट्टी लेडेकीले नै चार सय मिटरमा रजत पदक पाउने अपेक्षा गरिएको छ। पौडी इतिहासकै यी दुई उत्कृष्ट खेलाडी भन्दा पछि रहँदै म्याकन्टोसले कास्य पदक जित्ने अनुमान गरिएको छ।

१५ वर्षकै उमेरमा विश्व च्याम्पियनसीपमा दुई व्यक्तिगत स्वर्ण जित्ने अभूतपूर्व सफलताको बाटोमा अहिले उनी लम्किरहेकी छिन्। यो भएमा क्यानडाको पौडी इतिहासमा विश्व च्याम्पियनसीपमा दुई व्यक्तिगत स्वर्ण पदक जित्ने खेलाडी बन्नेछन्।

ग्रीम्सको अवस्था भने फरक छ। उनी चार सय मिटर मेड्लीमा अमेरिकी च्याम्पियनको रूपमा सहभागी हुँदै छिन्। एक वर्ष अगाडि टोकियो ओलम्पिकमा ८ सय मिटर फ्रिस्टाइलमा चौथो स्थान पाएकी ग्रीम्स यस पटक ओलम्पिक ट्राइलमा असफल भइन्। अमेरिकाकी लिया स्मिथ पुरानो फर्ममा फर्केपछि विश्व कीर्तिमान धारी लेड्क्की र स्मिथ सो स्पर्धामा अमेरिकाबाट छनोट भए। ८ सय मिटरमा सहभागितामा अवसर गुमाएकी उनले १५ सय मिटरमा सहभागिताको अवसर पाइन्। सो स्पर्धामा पनि विश्व कीर्तिमान धारी लेडेकी र ग्रीम्स छनोट भए। ओलम्पिक रजत पदक विजेता इरिका सुलेभान चोटका कारण अमेरिकाको छनोट प्रतियोगितामा सहभागिता नभएपछि ग्रीम्सको बाटो खुलेको हो।

दुई सय मिटर फ्रिस्टाइलको रिले टोलीमा पनि ग्रीम्स छनोट भएकी छिन्। सो स्पर्धामा अमेरिका टोली पुर्न संरचनाको क्रममा रहेका कारण कमजोर मानिएको छ। टोलीमा पुरानो पुस्तालाई प्रतिस्थापन गर्दै १६ वर्षीय ग्रीम्स र बेला सिम्सका साथै १४ वर्षीय क्ल्यारी वाइन्सटाइन समावेश छन्। अहिले पदक नजिते पनि यी तीन सम्मिलित अमेरिकी टोलीले भविष्यमा बलियो प्रभाव छाड्ने अनुमान गरिएको छ।

विश्व च्याम्पियनसीपमा सहभागी अमेरिकी टोलीमा रहेकी सिम्स गत ओलम्पिकमा पनि सहभागी भएकी हुन्। उनी पनि २ सय देखि १५ सय मिटर फ्रिस्टाइलमा सबै स्पर्धामा सहभागी हुने गरेकी छिन्।

त्यसो त २ सय मिटर ब्याकस्ट्रोक ग्रीम्सको अर्को इभेन्ट हो। सामान्य घरेलु प्रतियोगितामा मात्र उनी यस स्पर्धामा सहभागी हुने गरेकी छिन्। यो विश्व च्याम्पियनसीपमा सहभागी अमेरिकी टोलीमा रहेकी सिम्स गत ओलम्पिकमा पनि सहभागी भएकी हुन्। उनी पनि २ सय देखि १५ सय मिटर फ्रिस्टाइलमा सबै स्पर्धामा सहभागी हुने गरेकी छिन्। उनको मुख्य स्पर्धा २ सय मिटर फ्रिस्टाइल नै हो। साथै भर्साइटल भएका कारण सिम्स दुई सय र चार सय मिटर मेड्लीमा पनि सहभागी हुने गरेकी छिन्। आसन्न विश्व च्याम्पियनसीपमा उनी चार गुणा दुई सय मिटर फ्रिस्टाइल रिलेमा सहभागी भएकी छिन्।

यसैगरी क्ल्यारी वाइन्सटाइनको हकमा लेडेक्कीले दुई सय मिटरको व्यक्तिगत स्पर्धामा सहभागी नहुने घोषणा गरेपछि व्यक्तिगत स्पर्धामा पनि सहभागी हुने बाटो खुलेको हो। सो स्पर्धामा पनि लिया स्मिथसँगै वाइन्सटाइनले पनि सहभागिता जनाउने छिन्। त्यसो त अमेरिकाकी सबैभन्दा भर्सटाइल पौडीबाज क्लेरी कुर्जान भर्खर १७ वर्षकी भइन्। उनी १ सय मिटर फ्रिस्टाइल, बटरफ्लाई र ब्याकस्ट्रोकमा सहभागी छिन्। ५० मिटर फ्रिस्टाइलमा उत्तिकै उत्कृष्ट उनी छनोट प्रतियोगितामा तेस्रो हुँदै त्यस स्पर्धामा सहभागी हुने अवसर गुमाएकी हुन्।

सन् २०१९ को जुनियर विश्व च्याम्पियनसीप पछि एकपछि अर्को प्रगति गर्दै आएकी कुर्जानले गत वर्षको ओलम्पिक खेलकुदमा बटरफ्लाइमा मात्र सहभागिता जनाएकी थिइन्। महिला मेड्लीको पहिलो चरणमा उनी रजत पदक विजेता भएकी हुन्। एक वर्षमा समय धेरै फेरिएको छ। अस्ट्रेलियाकी कायल म्याककोन र अमेरिकी रेगन स्मिथको साथमा क्यानडाकी केली मासलाई १ सय मिटर ब्याकस्ट्रोकको मुख्य दाबेदार मानिएको छ। कुर्जानले सो स्पर्धामा स्वर्ण जित्ने अनुमान थोरैले मात्र गरेका छन्। तथापि यी तीनमध्ये कुनै एकलाई पछि पार्दै पदक जित्ने सम्भावना भने प्रबल छ। यस वर्षको वरीयतामा पनि उनी तेस्रो स्थानमा छिन्।

अस्ट्रेलियाकी कायल म्याककोन र अमेरिकी रेगन स्मिथको साथमा क्यानडाकी केली मासलाई १ सय मिटर ब्याकस्ट्रोकको मुख्य दाबेदार मानिएको छ।

कुर्जानले एक सय मिटर फ्रिस्टाइलको व्यक्तिगत स्पर्धामा पनि पदक जित्ने सम्भावना कमै आँकिएको छ। तथापि, रिलेमा अमेरिकालाई रजत पदकको दाबेदार मानिएको छ। सो स्पर्धामा अस्ट्रेलियालाई बलियो मानिएको छ भने अमेरिका र क्यानडाको बीचमा दोस्रो स्थानका लागि प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। त्यसो त कुजार्न दुई सय मिटर ब्याकस्ट्रोकको पनि राम्रो पौडीबाज हुन्।

१८ वर्षीय टोरी हस्क ५० मिटर फ्रिस्टाइल, १ सय मिटर फ्रिस्टाइल र १ सय मिटर बटरफ्लाइमा छनोट भएकी छिन्। गत टोकियो ओलम्पिकमा ५० मिटरसम्म अग्रता कायम गरेकी हस्क एक सय मिटर सकिँदा चौथो स्थानमा सीमित भएकी थिइन्। चार जनाको प्रतिस्पर्धा रहेको महिला १ सय मिटर बटरफ्लाइको सो स्पर्धामा उपाधि विजेता र चौथो पौडीबाजको बीचमा ०.१२ सेकेन्डको फरक रहेको थियो।

यस विश्व च्याम्पियनसीपमा हस्कले पनि १ सय मिटर फ्रिस्टाइलको व्यक्तिगत स्पर्धामा पदक जित्ने सम्भावना कमै छ। १ सय मिटर बटरफ्लाइमा विगतको जस्तै तीव्र प्रतिस्पर्धा हुने अपेक्षा गरिएको छ। साथै ५० मिटर फ्रिस्टाइल उनको अर्को चुनौती हुनेछ। यस पटक अमेरिकी टोलीले महिला मेड्ली रिलेमा पनि स्वर्ण पदक जित्ने अनुमान गरिएको छ। हस्कको अर्को स्पर्धा दुई सय मिटर मेड्ली पनि हो। तथापि धेरै इभेन्टको भार सहन कठिन हुने भएकाले उनले यस स्पर्धालाई पछिल्लो समय त्यत्ति धेरै चासो दिएकी छैनन्।

विश्व च्याम्पियनसीपमा अमेरिकी टोली उत्कृष्ट छैन। तर, आकर्षक छ। वर्तमानमा दबदबा देखाउने खालको छैन। तर, सनसनीपूर्ण भविष्यको छनक दिने खालको छ।

त्यसै अमेरिकी टोलीकी अर्की आकर्षण १६ वर्षीय लीया हायसको यस प्रतियोगितामा सहभागिता त अझ आश्चर्यजनक र सनसनी पूर्ण नै थियो। यस स्पर्धामा ओलम्पिक कास्य पदक विजेता केट्टी डगलसले विश्व च्याम्पियनसीपमा सो स्पर्धामा सहभागिता नहुने घोषणा गरेपछि दोस्रो स्थानका लागि सबैको अवसर खुला मानिएको थियो। हायस प्रारम्भिक चरणमा एक जजबाट अयोग्यसमेत घोषित भएकी थिइन्। ती जजको निर्णय गलत ठहर गदै उनलाई फाइनलमा पौडन स्वीकृति दिइएको थियो। उनी दोस्रो हुँदै अमेरिकाको तर्फबाट छनोट हुन सफल भइन्।

यस पटकको विश्व च्याम्पियनसीपमा अमेरिकी टोली उत्कृष्ट छैन। तर, आकर्षक छ। वर्तमानमा दबदबा देखाउने खालको छैन। तर, सनसनीपूर्ण भविष्यको छनक दिने खालको छ। त्यसो त संसारका धेरै खेलाडी कम उमेरमा उत्कृष्ट भए पनि समय अनुसार प्रगति गर्न नसकेकाको तथा एउटै फर्ममा लामो समय रहन नसकेको उदाहरण छ। तसर्थ भविष्यको बारे ठोकुवा गर्नु त कठिन हो। तर, अबको पौडी स्टार समर म्याकन्टोस भएकोमा धेरैको सहमति छ।

म्याकन्टोसलाई छाड्ने हो भने अबको दशक अमेरिकी महिला पौडी टोलीको प्रभाव बलियो हुने अपेक्षा गरिएको छ। हस्क, कुर्जान, ग्रीम्स, सिम्स,वाइन्सटाइन र हायस जस्ता कम उमेरका खेलाडी एउटै राष्ट्रिय टोलीमा रहनुलाई साँच्चै अभूतपूर्व मानिएको छ। स्रोत : स्वीमस्वाम, युएसए स्विमिङ,स्विमिङ वर्ल्ड म्यागेजिन

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ४९ बजे

एमाले–कांग्रेस मिलेपछि देश अस्थिरताबाट मुक्त भयो : महासचिव पोखरेल

देउखुरी– नेपाल कम्यनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले कांग्रेस–एमालेको

संसदमा विपक्षीलाई कमजोर पार्न षड्यन्त्र रचिँदैछ : प्रचण्ड

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसदमा विपक्षीलाई

नागढुंगा-नौविसे-मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति

काठमाडौं– नागढुंगा-नौविसे(मलेखु-मुग्लिन सडक निर्माणलाई गति दिन ६ बुँदे सहमति भएको

कुचोसँग चामल साटेर दैनिकी चलाउँदै ‘सम्झना’

दाङ– लमही नगरपालिका–९ रिहार निवासी ५७ वर्षीया सम्झना चौधरीले कुचोबाट

श्रीलंकामा राष्ट्रपतिका लागि मतदान सुरु

एजेन्सी– श्रीलंकाले आर्थिक संकट माथिको सावधानीपूर्ण अवतरणपछि श्रीलंकामा अन्तर्राष्ट्रिय मुद्रा