भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो | Khabarhub Khabarhub

भक्तपुरको नवदुर्गा मन्दिरमा दर्शनार्थीको घुइँचो


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भादगाउँ – सिथि नखः पर्वको अवसरमा आज भक्तपुर गछेंस्थित नवदुर्गा मन्दिरमा दर्शनार्थीको मेला लागेको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल पक्ष कुमार षष्ठीका दिन मन्दिरमा मेला लाग्ने गर्दछ ।

सर्वसाधारण भक्तजनको सुबिधाका लागि बिहान ५ बजेदेखि ढोका खुला गरिएको नवदुर्गा जात्रा व्यवस्थापन संस्थाका सचिव रत्नमान वनमालाले जानकारी दिए । आजको दिन बिहानै नुहाइधुवाई गरी चोखो लुगा लगाएर भगवान् कुमारको पूजा–आराधना गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष प्रकारको बारा, चतामरी, नयाँ गहुँको म्हुछ्यामढी (मुठ्ठी पारी बनाइएको विषेश खालको रोटी), आरुबखडा, काँक्रोलगायतका पकवान नवदुर्गा भवानीलाई चढाउने परम्परा छ ।

भगवान् कुमारको जन्मदिनसमेत भएकाले आजको दिन नेवार समुदाय कुमार र नवदुर्गा गणको पूजा गरी मास, मुगी, केराउलगायतका दलहनबाट बनेका विशेष बारा र म्हुछ्यामढीसमेत खाने गरिन्छ । साथै चटामरी, पापड, गहुँको मालपुवालगायतका पकवान खाने चलनसमेते छ ।

अनादीकालदेखि मानिँदै आएको नवदुर्गा भवानीलाई आजको दिन भक्तपुर र मध्यपुरथिमी नगरका प्रत्येक घरधुरीले पूजा चढाउने परम्परा छ । आजको दिन नेवार समुदायमा नुहाउनाले वर्षा फाप्ने जनविश्वास छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : २२ बजे

उदयपुरमा सुत्केरीको बाटोमै ज्यान गयो

उदयपुर – त्रियुगा नगरपालिका–९ गैरुनकी एक सुत्केरीको अस्पतालमा प्रसूति गराउन

घोडाघोडीमा हरिहाँसको सङ्ख्या घट्यो

कैलाली – विश्व रामसार क्षेत्रमा सूचीकृत घोडाघोडी तालमा हरिहाँसको सङ्ख्या

साइबर ब्यूरोमा उजुरी परेपछि खाँणले भने : मलाई पहिल्यै डर थियो

काठमाडौं – गायक रामजी खाँणले आफूविरुद्ध सामाजिक सञ्जालमा भइरहेको आलोचना

खाल्डोमा डुबेर बालकको मृत्यु

काठमाडौं । काठमाडौं कीर्तिपुर नगरपालिका–६ चोभारमा आज खाल्डोमा जमेको पानीमा

भानु जयन्तीको अवसरमा कविता वाचन कार्यक्रम सम्पन्न

काठमाडौं – विश्व शान्ति तथा एकीकृत परिवार संघले भानु जयन्तीको