आइटिएफ तेक्वान्दोमा रिकेश बने च्याम्पियन « Khabarhub

आइटिएफ तेक्वान्दोमा रिकेश बने च्याम्पियन


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आयोजक काभ्रे जिल्ला आईटीएफ तेक्वान्दो संघका रिकेश तामाङ सातौं राष्ट्रिय प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिपमा च्याम्पियन भएका छन् ।

बनेपामा भएको प्रतियोगिताको फाइनल रिकेशले बाग्मती प्रदेशका अनिल तामाङलाई पराजित गर्दै ट्रफीसहित नगद ७५ हजार रुपैयाँ प्राप्त गरे । काभ्रे आइटिएफ तेक्वान्दो संघ र काभ्रे तेक्वान्दो एकेडेमीको संयुक्त आयोजनामा सम्पन्न च्याम्पियनसिपमा एपीएफका सागर विक तेस्राे भए ।

दोस्रो एका अनिलले ५० हजार र तेस्रो हुन सफल सागरले २५ हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरे । यस प्रतियोगितामा आयोजकसहित सात प्रदेश र दुई विभागीय टोली सशस्त्र प्रहरी बल एपिएफ र नेपाल आर्मी क्लबका खेलाडीले प्रतिस्पर्धा गरेको थिए । प्रतियोगितामा सहभागी हुन प्रत्येक टिमबाट ३ खेलाडी छनोट भएर आउनु पर्ने प्रावधान थियो ।

प्रतियोगिताको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंक लाल घिसिंङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा सदस्य–सचिव घिसिङले व्यावसायिक खेल प्रतियोगिताहरूले नेपालको खेलकुद विकासमा ठूलो मद्दत पुग्ने उल्लेख गर्दै यो प्रतियोगिताले यहाँका युवा प्रतिभालाई उत्प्रेरणा मिल्ने बताए ।

‘यस किसिमका व्यवसायिक खेलले नेपालको खेल विकासमा मात्र नभई खेलाडीलाई आर्थिक सहायता पनि मिल्नेछ । मैले यो खेललाई नवौं राष्ट्रिय खेलकुदका लागि आइटिएफको टेस्ट परीक्षाका रूपमा पनि लिएको छु । आशा छ, सबै खेलाडीले राम्रो प्रदर्शन गर्नु हुने छ’ सदस्य–सचिव घिसिङले भने– ‘यस प्रतियोगितामा सहभागी खेलाडी तथा प्रशिक्षकले यहाँको सभ्यता र सँस्कृति देशभर पुर्याउनु हुनेछ । यसले खेलको विकास मात्र नभइ यहाँको पर्यटन विकासमा पनि मद्दत पुग्ने विश्वास लिएको छु ।’

नेपाल अन्तराष्ट्रिय आईटिएफ तेक्वान्दो महासंघका अध्यक्ष अन्जन धमलाले पछिल्ला समय नेपालको खेलकुदमा सदस्य–सचिव घिसिङको निरन्तरताले आशाको किरण पलाएको बताए ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ७ : ५९ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५