लोसपा बैठक : यी तीन एजेन्डामा हुँदैछ छलफल « Khabarhub

लोसपा बैठक : यी तीन एजेन्डामा हुँदैछ छलफल


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)को जारी राष्ट्रिय कार्यकारिणी समिति बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।

पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्ने बैठकमा स्थानीय तह निर्वाचनको समीक्षा, आगामी सङ्घीय र प्रदेशको निर्वाचनमा कुन दलसँग तालमेल गर्ने र सरकार-लोसपा सम्बन्ध कस्तो राख्नेलगायत एजेन्डामा छलफल हुने कार्यकारिणी समिति सदस्य केशव झाले बताए ।

बैठकमा निर्वाचनबारे जिल्ला जिल्लाबाट रिर्पोटिङ भइरहेको छ । बैठक शानिबारदेखि सुरु भएको हो । लोसपा अध्यक्ष महन्थ ठाकुरले बैठकमा शनिबार स्थानीय निर्वाचन निष्पक्ष नभएको आरोप लगाएका थिए ।

पार्टीले सन्तोषजनक परिणाम निर्वाचनमा ल्याउन नसक्नुको कारण एकातिर निष्पक्ष निर्वाचन भएको र पार्टी संगठन विस्तार गर्न कोरोनाका कारण सम्भव नभएको बताएका थिए ।

हाल लोसपा सरकारमा जाने चर्चा सुरु भएको छ । स्थानीय तहमा ठूलो भएको दल नेपाली कांग्रेससँग ‘लोकतान्त्रिक गठबन्धन’ बनाउन लोसपाले चाहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : २४ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५