नारायणी अस्पतालमा आइतबार पनि नियमित सेवा पाइने | Khabarhub Khabarhub

नारायणी अस्पतालमा आइतबार पनि नियमित सेवा पाइने


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा -नारायणी अस्पतालले आइतबारसमेत सेवा प्रदान गर्ने भएको छ । सरकारले देशभरका सरकारी सङ्घसंस्था र कार्यालय सातामा दुई दिन शनिबार र आइतबार बन्द गर्ने निर्णय गरे पनि नारायणी अस्पताल भने दैनिक बिरामीको उपचार सेवाका लागि आइतबार बन्द नहुने भएको हो ।

सो अस्पतालमा आइतबारका दिन पनि ओपिडी, शल्यक्रिया, लयाबलगायतका सबै नियमित उपचार सेवा सञ्चालनमा रहने अस्पताल प्रशासनले जनाएको छ । यद्यपि आइतबारका दिन उपचार सेवाबाहेक अन्य प्रशासनिक काम भने बन्द रहने छन् । अस्पताल विकास समितिका अनुसार सेवाग्राही र अस्पतालमा उपचार गराउन आउने बिरामीलाई मध्यनजर गर्दै आइतबारका दिन पनि सबै सेवा नियमितरूपमा सञ्चालनमा आउने अस्पताल प्रशासनले जनाएको छ ।

सार्वजनिक बिदा दिन खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई अस्पताल व्यवस्थापन पक्षले एक दिन बराबरको अतिरिक्त पारिश्रमकि उपलब्ध गराउने अस्पताल प्रशासले जनाएको छ । इन्धनको खपत घटाउन भन्दै सङ्घीय सरकारले गत जेठ महिनादेखि प्रत्येक हप्ताको शनिबार र आइतबार दुई दिन गरी सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । अस्पतालका अनुसार नारायणी अस्पतालमा पर्सा, बारा, रौतहट, सर्लाही र भारत विहारका कयौँ स्थानबाट गरी दैनिक ५०० बढी बिरामी उपचारका लागि आउने गरेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ८ : ४१ बजे

इंग्लिस प्रिमियर लिग : बर्नलीविरुद्ध टोटनहमको जित

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनहमले सुखद सुरुवात गरेको छ

पूर्वाधार विकाससहित दुईवटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत रहेको दुईवटा संसदीय समितिका बैठक बस्दै

यी भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

युएई सरकार दियो १२० नेपालीलाई आममाफी

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई) सरकारले विभिन्न कसुरमा जेलमा

भारतका विदेश सचिव मिस्री आज नेपाल आउँदै

काठमाडौं – भारतका विदेश सचिव विक्रम मिस्री आइतबा नेपाल भ्रमणमा