उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार « Khabarhub

उत्तर कोरियाद्वारा व्यालिस्टिक मिसाइल प्रहार


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयाङ – उत्तर कोरियाले पूर्वी तटमा एउटा व्यालिस्टिक मिसाइल प्रहार गरेको छ ।

वासिंगटन र सीउलले संयुक्त सैन्य अभ्यास गरेको केही दिनपछि उत्तरले व्यालिस्टिक मिसाइल प्रहार गरेको हो । चार वर्षपछि पहिलो पटक अमेरिकी विमान प्रयोग गरेर अमेरिका र दक्षिण कोरियाले सैन्य अभ्यास गरेका थिए ।

आर्थिक प्रतिबन्धबीच प्योङयाङले आफ्नो आणविक कार्यक्रमको स्तरउन्नती गरेको छ । उत्तरले हतियार परीक्षण गरेको दक्षिण कोरियाले पुष्टि गरेको छ । ‘उत्तर कोरियाले पूर्वी तटमा अपरिचित व्यालिस्टिक मिसाइल प्रहार गरेको छ’सीउलका जोइन्ट चिफ अफ स्टाफले आइतबार भने ।

उत्तर कोरियाबाट व्यालिस्टिक मिसाइल प्रहार गरेको हुनसक्ने रक्षा मन्त्रालयलाई उदृत गर्दै जापानको तटीय गार्डले जनाएको छ । उत्तर कोरियाका आणविक कार्यक्रमलाई लिएर अन्तर्राष्ट्रिय समुदायले उमाथि बारम्बार प्रतिबन्ध लगाउँदै आएको छ ।

तर, प्रतिबन्धबीच उत्तरले आफ्ना आणविक गतिविधिलाई तीब्र पार्दै आएको छ । आणविक गतिविधि रोक्न आफूमाथि लाग्दै आएको प्रतिबन्ध रोक्नुपर्ने प्योङयाङले माग गर्दै आएको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १० : १० बजे

राँझा विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउन माग

काठमाडौं– नागरिक समाज, राँझा–बाँकेले नेपालगन्जस्थित विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा विकास

सहकारी बैंकको नियमनमा राष्ट्र बैंकको कडाइ : चुक्ता पुँजी साढे दुई अर्ब हुनुपर्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले सीमित बैंकिङ कारोबार गर्ने इजाजतप्राप्त सहकारी

तानसेनको पर्यटन प्रवर्द्धन गर्न ‘चित्रकला तथा फोटो प्रदर्शनी’

तानसेन– तानसेनलाई पर्यटकीय गन्तव्यको रुपमा चिनाउन चित्रकला तथा फोटो प्रदर्शनी

नबिल बैंकले चीनमा त्रिशूली जलविद्युत्सम्बन्धी मुद्दा जित्यो

काठमाडौं– नबिल बैंक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर