मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह « Khabarhub

मुख्यमन्त्री पाण्डेसँग मेयर बालेनको भेट, फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले आइतबार बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेलाई भेटेका छन्।

मुख्यमन्त्री पाण्डेको स्वयम्भूस्थित निवासमा पुगेर शाहले भेटवार्ता गरेका हुन्। भेटवार्ताका क्रममा उनले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्न आग्रह गरेका बताइएको छ।

जवाफमा मुख्यमन्त्री पाण्डेले राजधानीको फोहोर व्यवस्थापनमा सहयोग गर्ने आश्वासन दिएका छ्न्।

मेयर निर्वाचित भएसँगै शाहले काठमाडौँ महानगरभित्रको फोहोर व्यवस्थापनलाई मुख्य प्राथमिकता राखेका छन् ।

उनी यसबीचमा फोहोर व्यवस्थापन हुँदै आएको सिसडोल पुग्नेदेखि प्रमुख राजनीतिक दलका शीर्ष नेतालाई भेटेर समन्वय गरिरहेका छन् ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ११ : २२ बजे

जेन-जी आन्दोलमा झापामा जलेका संरचना निरीक्षण गरेर चुनावी अभियान सुरु गर्दै ओली

काठमाडौं – उम्मेद्वारी दर्ताका लागि झापा पुगेका नेकपा (एमाले)का अध्यक्ष

कांग्रेसमा युवा नेतृत्वको पहिलो कदम सफल भयो : चन्द्र भण्डारी

काठमाडौं – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टीमा युवा नेतृत्वको

पत्रकारिता छोडेर ऋषि धमला राजनीतिमा : रौतहट–४ बाट चुनाव लड्दै

काठमाडौं – पत्रकार ऋषि धमला राजनीतिमा औपचारिक रुपमा प्रवेश गरेका

आगलागीले निस्सासिएकी वृद्धाको उद्धार

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मङ्गलगढी चोक नजिक रहेको मानिकेज

देउवा चुनाव नलड्ने : कांग्रेसका उम्मेदवार कसले कहाँबाट पाए टिकट ?

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा चुनाव नलड्ने