रूपन्देही बस दुर्घटनामा मृत्यु हुनेमध्ये सात जनाको सनाखत  « Khabarhub

रूपन्देही बस दुर्घटनामा मृत्यु हुनेमध्ये सात जनाको सनाखत 


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रूपन्देही– रूपन्देहीको रोहिणी गाँउपालिका–३ मा आज बिहान बस दुर्घटना परी मृत्यु भएका ९ जनामध्ये सात जनाको सनाखत भएको छ । दुर्घटनामा चालकसहित २४ जना घाइते भएका छन् । 

मृत्यु हुनेमा बुटवल–६ का ४० बर्षीय अरविन्द शर्मा, रुपन्देहीको तिलोत्तमा नगरपालिका–३ का अन्दाजी ५६ बर्षीय विष्णु पौडेल, रौतहटको चन्द्रनिगाहपुर बस्ने अन्दाजी २० बर्षीय दिनेश दास, बुटवल–११ कालिकानगरका अन्दाजी ४१ बर्षीय कृष्ण प्रसाद बस्याल, ओमसतिया गाँउपालिका–४ का अन्दाजी ६५ बर्षीय राजेन्द्र पाण्डे, रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ की ३७ वर्षीया तुल्सी बस्याल र बुटवल–६ का ५० वर्षीय नागेन्द्र शर्मा रहेका छन् । 

दुई जनाको सनाखत हुन नसकेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले जानकारी दिएका छन् । जनकपुरबाट भैरहवातर्फ आँउदै गरेको  लु २ ख ३८४१ नम्बरको बस आज बिहान साढे ४ बजे अनियन्त्रित भएर रोहिणी पुलबाट तल खसेको थियो । 

दुर्घटनामा चालक सहित घाइते भएका सबैलाई उपचारको लागी भैरहवा स्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्स अस्पताल पठाइएकोमा उपचारकै क्रममा ९ जनाको मृत्यु भएको थियो । घाइतेहरूको सोही अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  १ : १५ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५