क्युबामा बाढीका कारण २ जनाको मृत्यु, हजारौँ विस्थापित | Khabarhub Khabarhub

क्युबामा बाढीका कारण २ जनाको मृत्यु, हजारौँ विस्थापित


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- क्यारिबियन सागरमा अवस्थित मुलुक क्युबामा आँधीपछि अविरल वर्षासँगै आएको बाढीका कारण २ जनाको मृत्यु भएको छ । आगाथा नामक आँधीका कारण क्युबामा ८ इन्चसम्म पानी परेको बीबीसीले जनाएको छ ।

राजधानी हवानासहित मुलुकको पश्चिम तथा मध्य क्षेत्र सबैभन्दा धेरै प्रभावित रहेको जनाइएको छ । हवानाबाट २ हजारभन्दा धेरै मानिसहरुलाई उद्धार गरिएको छ । यसबाहेक ५० हजार भन्दा धेरै मानिसहरुको घरमा विद्युत प्रवाह अवरुद्ध भएको छ ।

विस्थापितहरुलाई राख्न अस्थायी शिविरहरु तयारी अवस्थामा रहेको क्युबाली समाचार एजेन्सीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । क्युबामा बेलाबेला यस्ता आँधी आउने गरेको बताइएको छ ।

आगाथा नामक यो आँधीले सोमबार मेक्सिकोमा वर्षा गराउँदा ९ जनाको मृत्यु भएको थियो ।
 

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  २ : ४९ बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको

सुदूरपश्चिममा ओल्के पर्व मनाइँदै, प्रदेशभर सार्वजनिक बिदा

बैतडी– बैतडीसहित सुदूरपश्चिम प्रदेशमा पिँडालुको कलिलो पात, दूध र दही

विद्यार्थीलाई अभ्यासमूलक व्यवहारिक शिक्षा दिइँदै

भोजपुर– भोजपुरका सामुदायिक विद्यालयले विद्यार्थीलाई अभ्यासमूलक प्राविधिक शिक्षा दिन सुरु