एमाले नेता हुँ भन्दै अरूलाई भोट हाल्ने कसैलाई छुट छैन : इन्चार्ज घिमिरे « Khabarhub

एमाले नेता हुँ भन्दै अरूलाई भोट हाल्ने कसैलाई छुट छैन : इन्चार्ज घिमिरे


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर-  नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले एमाले नेता हुँ भन्ने अरूलाई भोट हाल्ने छुट नभएको बताएका छन् ।

नेपाल निजामती कर्मचारी संगठन प्रदेश १ को प्रथम अधिवेशनलाई उद्घाटन गर्दै उदयपुरको सदरमुकाम गाईघाटस्थित होटेल टाउन हलमा घिमिरेले पार्टीका नेता र कार्यकर्ताले अरूलाई भोट लगाउनु गम्भीर विषय भएको बताए ।

स्थानीय तहको निर्वाचनमा पार्टीभित्रका नेताको अन्तर्घातकै कारण धेरै ठाउँमा पराजित हुनु परेको निष्कर्ष निकाल्दै उनले भने, ‘आफू अनुकूल निर्णय नहुँदैमा विपक्षी पार्टीलाई भोट हाल्नु गम्भीर हो । समीक्षा हुन्छ र त्यस्ता अन्तर्घात गर्नेलाई कारबाही गर्छौ ।’ दया र मायाले पार्टी संगठन नचल्ने भन्दै उनले स्वार्थको राजनीतिको समूल अन्त्य गर्न यस पटकको निर्वाचनको परिणामले निर्मम समीक्षाको बाटो रोजेको उल्लेख गरे ।

‘आफूले भनेको सबै ठिक अरूले भनेको सबै बेठिक’, घिमिरेले भने, ‘पार्टी भित्रको अहमता र घमन्डको सीमा नाघेकाले तल्लो स्तरबाटै समीक्षा गरी त्यस्तालाई कारबाही गर्छौ ।’ घिमिरेले नेकपा एमालेलाई सिद्ध्याउनु भनेको राजनीतिक अस्थिरता मच्चाउनु र कम्युनिस्ट आन्दोलनलाई सखाप पार्नु नै भएको बताए । उनले केही शक्ति एमालेलाई सिद्ध्याउने सोचमा रहेको आरोप लगाए ।

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइरालाले आस्था र विचारका आधारमा कुनै पनि कर्मचारीलाई पूर्वाग्रही ढंगले सरुवा, बढुवा गरे त्यसको संगठनले सशक्त प्रतिरोध गर्ने चेतावनी दिए । उनले समग्र कर्मचारीको गुनासो, समस्यामा केन्द्रित हुन संगठनले केन्द्रीय कार्यालयबाट एकद्वार प्रणालीको व्यवस्था गर्न लागेको हुँदा नअत्तालिन आग्रह गरे ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ६ : २१ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५