रुटको शतकसँगै इङ्ल्याण्डको विजयी सुरुवात « Khabarhub

रुटको शतकसँगै इङ्ल्याण्डको विजयी सुरुवात


२२ जेठ २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इङ्ल्याण्डले न्युजिल्याण्ड विरुद्धको ३ खेलको टेस्ट सिरिजमा विजयी सुरुवात गरेको छ । इङ्ल्याण्डको लर्ड्स मैदानमा भएको पहिलो टेस्ट खेलमा इङ्ल्याण्डले न्युजिल्याण्डलाई ५ विकेटले पराजित गरेको हो ।

कुल २ सय ७७ रनको लक्ष्य इङ्ल्याण्डले दोस्रो इन्ङ्ग्सिमा ७८ ओभर ५ बलमा ५ विकेट गुमाएर भेटायो । घरेलु टोलीलाई विजयी बनाउन जो रुटले नटआउट ११५ रन र कप्तान बेन स्टोक्सले ५४ रन जोडे ।

यस शतकसँगै रुटले आफ्नो १० हजार रन पूरा गरेका छन् । यो रुटको टेस्ट क्रिकेटमा १५ औँ शतक हो । रुटले सो आकडा ३१ वर्ष १५७ दिनमा पुरा गरेका हुन् । न्युजिल्याण्डका काइल जेमिसनले ४ विकेट लिए भने ट्रेन्ट बोल्टले १ विकेट लिए ।

टस जितेर पहिले ब्याटिङ रोजेको न्यूजिल्याण्ड पहिलो इनिङ्ग्समा ३९ ओभर ६ बलमा समेटिँदा मात्र १ सय ३२ रन बनाउन सफल भयो । इङ्ल्याण्ड पहिलो इनिङ्ग्समा ४२ ओभर ५ बलमा समेटिंदा १ सय ४१ रन जोड्न सफल भयो ।

न्युजिल्याण्डले ९१ ओभर ३ बलमा समेटिंदा २ सय ५ रन जोड्न सफल भएको थियो । न्युजिल्याण्ड र इङ्ल्याण्डबीचको दोस्रो टेस्ट खेल १० जुनमा सुरु हुनेछ । यस्तै, तेस्रो टेस्ट खेल भने २३ जुनमा सुरु हुनेछ ।

प्रकाशित मिति : २२ जेठ २०७९, आइतबार  ९ : ०४ बजे

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक

यूईएफए नेसन्स लिग : स्पेन क्वाटरफाइनलमा प्रवेश

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा स्पेन क्वाटरफाइनलमा प्रवेश गरेको छ

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक (सूचीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि उम्मेदवारी

बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–६ बालौटेमा म्याग्दी नदीको बाढीले बेनी–दरवाङ सडक