मध्यनेपालमा थप तीन वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू « Khabarhub

मध्यनेपालमा थप तीन वटा कक्षामा स्थानीय पाठ्यक्रम लागू


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको मध्यनेपाल नगरपालिकाले चालू शैक्षिक सत्रदेखि थप तीनवटा कक्षामा स्थानीय पाठ्यक्रम लागू गरेको छ ।  कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने तयारी गरेको नगरपालिकाले चालू शैक्षिक सत्रबाट कक्षा तीन, सात र नौका लागि पाठ्यक्रम तयार गरी कार्यान्वयनमा ल्याएको हो ।

स्थानीय विषयवस्तुलाई समेटेर नगरपालिकाअन्तर्गतका सबै विद्यालयमा कक्षा एकदेखि १२ सम्म स्थानीय पाठ्यक्रम लागू गर्ने नगरपालिकाको तयारी छ । स्थानीय पाठ्यक्रम सुरु गरेको पहिलो वर्ष कक्षा एक र ११ को पाठ्यक्रम कार्यान्वयनमा ल्याएको नगरपालिकाले गत वर्ष कक्षा २, ६ र १२ मा स्थानीय पाठ्यक्रम कार्यान्वयनमा ल्याएको थियो ।

नगरपालिकालाई समृद्ध पालिका बनाउन पाठ्यक्रम निर्माणले पनि सहयोग पुग्ने अपेक्षा गरेको नगरप्रमुख रमेशकुमार पाण्डेले बताए ।स्थानीय पाठ्यक्रम गाउँपालिकाको विकासका लागि महत्त्वपूर्ण आधार बन्ने सरोकारवालाले बताएका छन् । स्थानीय पाठ्यक्रम स्थानीय सरोकारवालाले स्थानीय परिस्थिति र आवश्यकताको आधारमा निर्माण गरिने भएकाले पनि यो स्थानीय विकासका लागि आधार हुनसक्ने सरोकारवालाको विश्वास छ ।

विज्ञ र स्थानीय सरोकारवालाको समन्वयमा तयार भएको स्थानीय पाठ्यक्रमले मध्यनेपाल नगरपालिकाका साथै समग्र लमजुङको ऐतिहासिक, भौगोलिक, सांस्कृतिक, सामाजिक तथा कृषि, पर्यटनलगायत चिनारीमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

स्थानीय आवश्यकता, सम्भावना र स्थानीय स्रोत, साधन तथा स्थानीय परिवेश अनुकूलका स्थानीय विषयवस्तु समेटेर पाठ्यक्रम निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

हालसम्म आठ वटा कक्षाका लागि पाठ्यक्रम निर्माणको काम सम्पन्न भई पालिकाभित्रका ५० विद्यालयमा अध्यापन सुरु गरिएको शिक्षा शाखाकी कर्मचारी कविता आचार्यले बताइन् । पाठ्यक्रम तयार भएसँगै सम्बन्धित विद्यालयका प्रधानाध्यापक, शिक्षक प्रतिनिधिलगायत सरोकारवालाको सहभागितामा सुझाव संकलन गरी सोही आधारमा विषयलाई पनि प्राथमिकता दिएको आचार्यको भनाइ छ ।

नगरपालिकाले स्थानीय पाठ्यक्रममा उत्पादन र जीविकोपार्जनको विषयलाई मुख्य प्राथमिकता दिएको जनाएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ८ : ०५ बजे

एनसेलको अन्तर्राष्ट्रिय आउटगोइङ् कलमा ६० सेकेन्ड पल्स दर लागु

काठमाडौं– एनसेलले १९८ गन्तव्य मुलुकहरुका लागि आफ्नो अन्तर्राष्ट्रिय आउटगोइङ् अर्थात बहिर्गमन

अपाङ्गता अधिकारसम्बन्धी मूट कोर्ट प्रतियोगिता सुरु

काठमाडौं– अपाङ्गता अधिकार, मानव अधिकार तथा अन्तर्राष्ट्रिय कानुनबारे कानुनका विद्यार्थीलाई

कृषि बीमा अब प्रदेश सरकारले हेर्ने, १ करोडसम्मको बीमामा ८० प्रतिशत अनुदान, सो भन्दा माथि ५० मात्रै

काठमाडौं– सरकारले कृषि, पशुपन्छी तथा जडीबुटी व्यवसायमा हुन सक्ने आर्थिक

आयल निगमको तथ्याङ्क : ५ महिना यताकै सबैभन्दा बढी ग्यास आयात 

काठमाडौं– देशका विभिन्न स्थानमा एलपी ग्यासको अभाव देखिएको भन्दै उपभोक्तामा

कृषिमन्त्रीलाई प्रश्न- मल किन्न किसानसँग लालपुर्जा किन मागिन्छ ?

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मल लिँदा लालपुर्जा