नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटो फिचर) « Khabarhub

नेपाल रेडक्रस कार्यालयमा प्रहरी हस्तक्षेप (फोटो फिचर)


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल रेडक्रसको केन्द्रीय कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको छ । अघिल्लो सरकारले गठन गरेको रेडक्रसको तदर्थ समितिका पदाधिकारी कार्यालय प्रवेश गर्न लागेपछि मंगलबार बिहान प्रहरीले हस्तक्षेप गरी उनीहरूलाई प्रवेशमा रोक लगाएको हो ।

सर्वोच्च अदालतको आदेशको अवज्ञा गर्दै प्रहरीले नेपाल रेडक्रस सोसाइटीको केन्द्रको कार्यालयमा प्रहरीले हस्तक्षेप गरेको हो । रेडक्रस तदर्थ समितिका अध्यक्ष नेत्रराज तिमिल्सिनालगायत पदाधिकारी मंगलबार पनि कार्यालय पुगेका थिए । तर, उनीहरूलाई प्रहरीले प्रवेश गर्न दिएन । प्रहरीले रोक लगाएपछि दुवै पक्षबीच वादविवाद चलेको थियो ।

रेडक्रसको अघिल्लो कार्यसमितिका पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि ओली सरकारले कार्यसमिति विघटन गरी तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरिएको थियो ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  २ : ५३ बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र