शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकमसहितको मृत्यु बीमाबापतको रकम हस्तान्तरण « Khabarhub

शिवम् सिमेन्टद्वारा जोखिम बीमा रकमसहितको मृत्यु बीमाबापतको रकम हस्तान्तरण


२१ असार २०७९, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीहरुबाट माग दाबी भए अनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाख बराबरको मृत्यु बीमा सहित दुर्घटना जोखिम बीमा बापतको रकमहरू हस्तान्तरण गरेको छ ।  

यस अघि दैनिक निर्माण कार्यमा खटिने निर्माण कर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न ५२ स्थानहरूमा रहेका ३ हजारभन्दा बढि निर्माण कर्मीहरुको रु. ५ लाख बराबरको जोखिम बीमासहित निर्माण सम्बन्धी प्राविधिक अन्तरक्रिया कार्यक्रम सञ्चालन गरेको थियो । सोही कार्यक्रममा सहभागी निर्माणकर्मी मध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबीबापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधिले हस्तान्तरण गरेका हुन् ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरू हरेक दिन जोखिमपूर्ण कार्यहरू गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरूको लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको बताइएको छ । देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तरक्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरूको लागि रु ५ लाख बराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो । शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्र अन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुङ्गा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका जिल्लाहरूका निर्माणकर्मीको रु ५ लाख बराबरको जोखिमबीमा गराएको छ । 

‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचानहो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा  ‘क्वालीटिको मामलामा नो कम्प्रोमाइज’ जस्ता मुल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्स लिमिटेडले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्री वितरण र बिक्री पछिको प्राविधिक सेवाको कारणले पहिलो स्थानमा रहन सफल भएको छ । देशको विभिन्न ठुल्ठूला राष्ट्रिय गौरवका आयोजनाहरूमा आफ्नो महत्वपूर्ण भूमिका निभाउदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलो पटक एनएस क्वालिटी अवार्ड-२०१९ प्रथमबाट सम्मानित भएको थियो ।

ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुङ्गाको प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको ओपीसी  सिमेन्ट बन्न सफल भएको हो । नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आई एस आई यु आर एस प्रमाणित आईएसओ प्रमाणपत्र प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिदैँ आएको छ ।

प्रकाशित मिति : २१ असार २०७९, मंगलबार  ६ : १७ बजे

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल

तनहुँमा गाडीको ठक्करबाट स्कुटरमा सवार दुई जनाको मृत्यु

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–५ गाछेपानीमा आज दिउँसो गाडी दुर्घटना