मतदाता नामावली संकलन स्थगित  « Khabarhub

मतदाता नामावली संकलन स्थगित 


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले निर्वाचनको मिति तोकेसँगै मतदाता नामावली संकलन स्थगित भएको छ ।

सरकारले बिहीबार मंसिर ४ गतेका लागि देशभर एकै चरणमा निर्वाचन गर्ने निर्णय गरेसँगै निर्वाचन आयोगले मतदाता नामावली संकलन स्थगित गरेको हो ।

मतदाता नामावली ऐन, २०७३ अनुसार प्रदेश निर्वाचन कार्यालय, जिल्ला निर्वाचन कार्यालय, जिल्ला प्रशासन कार्यालय तथा इलाक प्रशासन कार्यालयबाट भइरहेको मतदाता नामावली संकलन साउन २० गते (शुक्रबार)देखि स्थगित हुने आयोगले जनाएको छ ।

साथै अनलाइन प्रविधिमार्फत मतदाता नामावली संकलनका लागि अनलाइन फारम भरी औँठा छाप र फोटो खिच्नका लागि आवेदन मिति निर्धारण भएका व्यक्तिहरूको हकमा साउन २१ (भोलि)सम्म औँठा छाप र फोटो लिने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ८ : ०० बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार बस्ने

एनभिए भलिबलः रुकुम पश्चिम सेमिफाइनलमा

काठमाडौं – राजधानीमा जारी नवौँ एनभिए भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको

दोधारा चाँदनीमा बाघको डमरु मृत फेला

कञ्चनपुर – शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र दोधारा चाँदनीमा बाघको

अब राहदानी छपाइसँगै वितरण साविकअनुसार

काठमाडौं – राहदानी विभागले राहदानी पुस्तिकाको आपूर्ति र छपाइसँगै राहदानीको

वीरेन्द्रनगरमा कोठाभित्र निस्सासिएर एक जनाको मृत्यु, दुई बेहोस

कर्णाली – सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ बिरुवाबारीमा कोठामा निस्सासिएर एक जनाको