वर्षायामका कारण सर्पदंशको बिगबिगी | Khabarhub Khabarhub

वर्षायामका कारण सर्पदंशको बिगबिगी


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– मधेश प्रदेशका जिल्लामा गर्मी र वर्षायामका कारण सर्पदंश बढेको छ । अधिकगर्मी र वर्षाको पानीले दुलोहरू पुरिएपछि विषालु सर्पहरू बाहिर निस्किने गरेकाले सर्पदंशको घटनाको वृद्धि भएको छ । प्रादेशिक अस्पताल जनकपुरमा औसत रुपमा दैनिक ६ जनाको दरले सर्पदंशका बिरामी उपचारको लागि आउने गरेका छन् ।

प्रादेशिक अस्पताल जनकपुरका इमरजेन्सीमा कार्यरत चिकित्सक डा. मुकेश यादवका अनुसार सर्पदंशका बिरामी दैनिक ५ देखि ६ जनाको दरले उपचारको लागि आउने गरेका छन् । गत असार महिनामा १५० जना सर्पदंशका बिरामी उपचारको लागि आएको प्रादेशिक अस्पताल जनकपुरले जनाएको छ ।

तराई मधेशका जिल्लाहरूमा प्रत्येक वर्ष जेठदेखि असोजसम्म विषालु सर्पको बिगबिगी हुने गरेको र यी महिनाहरूमा सर्प दशंकका बिरामी बढी आउने गरेका डा. यादवले बताए । प्रादेशिक अस्पताल जनकपुरमा उपचारका लागि आउने अधिकांश संर्पदंशका बिरामी निको भई घर फर्किने गरेको उल्लेख गर्दै डा.यादवले भने, ‘उपचारका लागि समयमै आउने अधिकांश बिरामी निको हुन्छ ।

तर, समयमा स्वास्थ्य उपचार नगराई धामी झाँक्रीकहाँ झारफुकको लागि जाने र बिरामीको अवस्था नाजुक भएपछि मात्रै आउने बिरामीलाई उपचार गर्न हामीलाई कठिनाइ हुन्छ ।’  गाउँघरमा अझै पनि विभिन्न अन्धविश्वासका कारण सर्पदंशका बिरामीलाई धामीझाँक्रीकहाँ लगिने गरेको घटनाहरू हुँदै आएको छ ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ३४ बजे

६ किलोग्राम चरेशसहित एकजना पक्राउ

काठमाडौं – नेपाल प्रहरीले छ किलोग्राम चरेशसहित एक जनालाई पक्राउ

रेस्लिङ सुपरस्टार हल्क होगनको निधन

काठमाडौं – रेस्लिङ सुपरस्टार हल्क होगनको निधन भएको छ ।

तराईमा खडेरी : तत्काल वैकल्पिक व्यवस्था गर्न माग

काठमाडौं – विभिन्न राजनीतिक दलका नेताहरुले मधेस प्रदेशका आठ जिल्लामा

साम्बालाई मर्स्याङ्दी गाउँपालिकाको सम्मान

लमजुङ – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा फरवार्ड

बाजुराकी पवित्राले बाटोमै जन्माइन् तेस्रो सन्तान

धनगढी – बाजुराको बुढीगंगा नगरपालिका ७ झालीकी पवित्रा ल्वारले बाटोमै