परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने   « Khabarhub

परराष्ट्रमन्त्री खड्का चीन भ्रमणमा जाने  


२० श्रावण २०७९, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- परराष्ट्रमन्त्री डा. नारायण खड्काले यही साउन २४ गतेदेखि २६ गतेसम्म चीनको भ्रमण गर्ने भएका छन् ।

परराष्ट्र मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै परराष्ट्रमन्त्रीको चीन भ्रमणको औपचारिक घोषणा गरेको हो ।

चिनियाँ विदेशमन्त्री वाङ यीको औपचारिक निमन्त्रणमा परराष्ट्रमन्त्री डा खड्काले चीनको तीन दिने भ्रमण गर्न लागेका हुन् ।

भ्रमणका बेला दुई देशका विदेशमन्त्री द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । बैठक साउन २५ गते चिनियाँ विदेश मन्त्रालयमा हुने परराष्ट्रले जनाएको छ ।

भ्रमणका बेला डा. खड्काको सम्मानमा चिनियाँ विदेशमन्त्री वाङले रात्री भोजको आयोजना गर्नेछन् ।

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  १२ : ३७ बजे

सय नाघेकाहरूले गरे मतदान, भन्छन् : अब देश बनोस्

काठमाडौं– देशभरका विभिन्न स्थानबाट १०० वर्ष नाघेकाहरूले समेत मतदान गरेका

कर्णालीमा ४५ प्रतिशत मत खस्यो

कर्णाली– प्रतिनिधिसभा सदस्य पदको निर्वाचनका लागि भइरहेको मतदानमा कर्णालीमा दिउँसो

गण्डकी प्रदेशमा ४९ प्रतिशत मत खस्यो

गण्डकी– आज जारी प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशमा करिब ४८

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु, दुई घाइते

गाईघाट– जिल्लाको चौदण्डीगढी नगरपालिका–९ भिमाहास्थित मदन भण्डारी लोकमार्ग खण्डमा आज

सुदूरपश्चिममा ३८ दशमलव ४ प्रतिशत मतदान

सुदूरपश्चिममा– प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि सुदूरपश्चिममा दिउँसो २ः३० बजेसम्म ३८